Clean Water Campaign

Awareness Campaign

धुर्कोट परमानन्द भण्डारी क्याम्पसमा निःशुल्क कम्युटर शिक्षा



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

हुमाकान्त पाेखरेल, गुल्मी: गुल्मीको धुर्कोट गाउँपालिका-५, वस्तुमा रहेको धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा निःशुल्क कम्युटर शिक्षा संचालन हुने भएको छ। क्याम्पसको संचालक समिति बैठकले क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुलाई निःशुल्क कम्युटर शिक्षा प्रदान गर्ने निर्णय गरेको हो।

हाल क्याम्पसमा कुल नौ वटा कम्युटर रहेका छन्। आगामी पौष ७ गतेबाट बिहान १० बजेदेखि ११ः३० सम्म निःशुल्क कम्युटर शिक्षा संचालन हुने क्याम्पसका उप-प्रध्यापक नरेश भण्डारीले जानकारी दिए । क्याम्पसको आन्तरिक स्रोतबाट कम्युटर शिक्षाको शुल्कलाई व्यवस्थापन गरिने भण्डारीले बताए ।

परमानन्द क्याम्पसले कम्युटर मात्रै होइन अध्ययन शुल्क पनि कम गराएको छ। जिल्लाका अधिकांश क्याम्पसहरुमा मासिक शुल्क नै एक हजारसम्म छ। तर परमानन्द क्याम्पसमा विद्यार्थीले एक पटक दुई हजार पाँच सय तिरेपछि चारबर्षे स्नातक अध्ययन गर्न पाउने क्याम्पस प्रमुख ऋषिराम पाण्डेले बताए। अहिले क्याम्पसमा कुल तीन सय विद्यार्थी रहेका छन्। गुल्मी, अर्घाखाँची, पाल्पा, बुटबल लगायतका विद्यार्थी क्याम्पसमा भर्ना भएका छन्।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो