Clean Water Campaign

Awareness Campaign

दुई पटक सम्म भत्किएको झेँदीको मोटरेबल पुल पुनः बन्दै, जनतामा आशा



वसन्त अधिकारी
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: मुसिकोट नगरपालिका-७, झेँदी र मुसिकोट-३, नौबिसे जोड्ने बडिघाट खोलाको पुल पुनर्निर्माण हुने भए संगै जनतामा आशा थपिएको छ।

विगतमा उक्त पुल निर्माणको क्रममा दुई पटकसम्म भत्किएकोले उपभोक्ता निराश भएको स्थानीय मधु घिमिरेले बताउनु भयो। मुसिकोट नगरपालिका-२, ३, ४ र नगरको केन्द्र मुसिकोट-७, वामीटक्सार जोड्ने मुख्य सिमानामा रहेको यो नाकामा गाडी आवातजावतको लागि पुल नहुँदा उक्त वडाका जनताहरुले सास्ती भोगिरहेको मुसिकोट-३ का वडा सदस्य थम्मम बहादुर घिमिरेले बताउनु भयो।

‘नयाँ स्टिमेट अनुसार पुल बन्ने भनेर केही सामान झारिएको छ। अब बन्ला भन्ने आशा पलाएको छ। झोलुङ्गे पुल त्यसै माथि बाढीले बाङ्गो भएको छ। बाइकहरु सास्तीले वारीपारी गराउछन। एकदमै जोखिमपुर्ण अवस्थामा छ।’ स्थानीय व्यवसायी अर्जुन के.सी.ले बताउनु भयो।

सिंचाई
Forest
Ad.

अहिले पुनः पुलको डिजाइन परिवर्तन गरी “स्टिल ट्रष्ट बृज” पुल निर्माण गर्न लागिएको, पुलको लम्बाइ ५६.३ मिटर र चौडाइ ६ मिटर रहने प्रादेशिक सडक पुल समन्वय इकाइ, बुटवलका टेक्निकल अफिसर भिमराजा पौडेलले जानकारी दिनुभयो।

स्विस सरकारको लगानीमा बन्न लागेको पुलको निर्माणको जिम्मा जलप कन्ट्रक्सनले लिएको र असार मसान्तसम्म समापन गर्ने अफिसियल टार्गेट रहेको टेक्निकल अफिसर पौडेलले बताउनु भएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो