Awareness Campaign

गुल्मीको धुर्कोटमा सुन्तला बजारीकरण गर्दै सहकारी



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Place for ads

वासुदेव पोखरेल, गुल्मी: धुर्कोट गाउपालिका-२, पिपलधारामा गठित पिपलधारा कृषि तथा पशु विकास महिला बहुउद्देश्यीय सहकारी सस्थले पिपलधाराका सुन्तलालाई बजारीकरण गरिरहेको छ।

धुर्कोट गाउपालिका र हेफर प्रोजेन्ट नेपालको साझेदारीमा जनविकास केन्द्रद्वारा संचालित धुर्कोट कृषि तथा पशु उद्यमशीलता परियोजना बजारिकरण सुरु गरेको हो । उक्त परियोजनाले किशानहरुले उत्पादन गरेको सुन्तला सहित कुनै पनि कृषि उपजलाइ आबस्यक बजार खोजी बजारीकरण गर्न सुरुवात गरे बिचौलिया बाट किशान ठगिने कुराबाट बच्ने अपेक्षा गरिएको छ ।

बिचौलियाबाट किसान ठगिएको गुनासो आए पछि स्थानीय ब्यापारी, किसान र सहकारी मिलि सुन्तला बजारीकरण गरेको ब्यबस्थापक माया थापाले बताईन ।

Forest
Forest
Ad.

केही दिन यता त्यहाँका सुन्तला बुटवल, नारायणघाट, नवलपुर, काठमाडौँ निरन्तर बजारीकरण भैरहेको र हाल सम्म ६ वटा गाडिमा ९ हजार ६६० किलो सुन्तला निर्यात भएको उनले बताईन जसबाट ४ लाख ७८ हजार आम्दानी भएको उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो