गुल्मी: हिजो बिहीवार दिउँसो करिब १२ बजेतिर भारतको महाराष्ट्र स्थित रेल यात्राका क्रममा दुर्घटनामा परेका गुल्मी पराल्मी गाउँका अन्दाजी २० बर्षिय चित्रबहादुर पाच्या गम्भिर घाइते भई त्यहाँको एक अस्पतालमा उपचार गराई रहेका छन।
जिल्लाको रेसुङ्गा नगरपालिका-१४, पराल्मी स्थित यमबहादुर पाच्याका छोरा चित्रबहादुर महाराष्ट्रको उल्लासनगर स्थित रेलको लिकमा बेहोस अवस्थामाभेटिएका थिए। उक्त कुरा जानकारीमा आएपछि प्रवासी नेपाली सम्पर्क विभाग महाराष्ट्रका सभापति राज रोकाय, उल्लास नगर समिति सभापति शंकर विक, प्रवक्ता खबत विश्वकर्मा लगायतका नेपालीहरुले रेल्वे पुलिसको सहयोगमा उल्लास नगरको सेन्ट्रल हस्पिटलमा पुर्याएका थिए। त्यहाँ उपचार सम्भव नभए पछि उनलाई मुम्बईको साईन हस्पिटलमा लगेर उपचार गराईएको र आज बिहान उनको होस खुलेको जनाईएको छ।
घटनास्थल देखि अस्पताल सम्म रहेका गुल्मी कै छत्रकोट गाउँपालिका-३, धरमपानीका विष्णु गौतमले भने, ‘उहाँको घाँटी र टाउकोमा गम्भिर चोट लागेको छ। हात खुट्टा केहि भएको छैन। अहिले होस खुलेको छ र अवस्था खतरामुक्त देखिएको छ।
सभापति रोकायले खोजतलास गर्दै जाँदा साढे दुई घण्टा पछि महाराष्ट्र मै रहेका घाइतेका बाबु यमबहादुरलाई सम्पर्कमा ल्याएको गौतमले बताए। घाइतेका छिमेकी पराल्मीका सुशील सुर्यवंशीका अनुसार एक बर्ष अघि उनिहरु बाबुछोरा भारतको रोजगारीमा गएका थिए।
गाउँमा गणेश भनेर चिनिने चित्रबहादुर पुना भन्ने ठाउँमा रेलमा जादै थिए। उनी रेलबाट आफै खसे वा खसाईयो भन्ने बारे आफन्तजन स्पष्ट हुन सकेका छैनन। उनिहरुले छानविनका लागि प्रवासी नेपाली संघ सस्थाहरु संग आग्रह गरेका छन।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |