Place for ads

Awareness

शान्तिपुर मनिषा हत्या प्रकरणः लास माथि यौन विलासिता (भिडियो रिपोर्ट सहित)



प्रेम सुनार
६ महिना अगाडि


       

Place for ads

गुल्मी: केही दिन अघि गुल्मीको शान्तिपुरमा हत्या गरिएकी १५ वर्षीय किशोरीलाई अभियुक्तले घाँटी थिचेर मृत्युको संघारमा पुराएर झण्डै लास माथि आफ्नो राक्षसी यौन सन्तुष्टि लिएर हत्या गरी रातिको समयमा हुग्दिखोलमा लगी फालेको जिल्ला सरकारी वकिलको कार्यालय गुल्मीले जनाएको छ ।

गत कार्तिक १६ गते धान झाट्ने खलोबाट पारी श्रृलंकाटोलमा सुर्ति किन्न पठाइएकी १५ वर्षीय मनिसा रुचाल फर्केर पुल तरी आइरहेको अवस्थामा मेरो ग्यास बिग्रियो आउँ त सहयोग गर भनेर नजिकै रहेको मस्जिदका प्रशिक्षक रहिम खाँले फकाएर बोलाएको, भित्र पसे पछि ती किशोरीले रेगुलेटर खोल्ने बेलामा जबरजस्ती करणी गर्न सुरु गरेको त्यही क्रममा ती किशोरीले प्रतिकार गरि आफु पनि घाइते बनेको र आफुले घाँटी थिचेर अचेत बनाई बलात्कार गरेको र त्यसपछि हत्या गरेको जिल्ला न्याधिवक्ता खिमानन्द गौतमले बयानको क्रममा निजले बताएको बताउनुभयो । उहाँले भन्नुभयो,-‘निजले दिनको साढे ११ बजे पछि त्यस्तो कु कार्य गरेको र राति ९ बजे पचि उनलाईको मेटमा लतार्दै खोलामा लगेर फाले र निजले लगभग ती बालिकाको लास माथि यौन विलासिता मेटाएको पाइन्छ । ’

Get Vaccinated

जिल्ला प्रहरी प्रमुख नविन किशोर प्रधानले भौतिक सबुत , बैगानिक अनुसधान प्रविधिको प्रयोगबाट यो घटनाका अभियुक्त खालाई चौबिस घण्टा नबित्दै पक्राउ गरि अदालतमा पेश गरिएको। र सोमबार अदालतले कारागार थुनामा पठाउने आदेश दिई पठाईएको जानकारी दिए।

जिल्ला अदालतका श्रेष्तेदार सुर्दशन खनालका अनुसार जिल्ला न्यायधिश बसन्तराज पौडेलको इजलासले कार्तिक ११ गते थुनछेक बहस पछि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम पुर्पक्षका लागि निज प्रतिवादीलाई जबरजस्ती करणी गरी ज्यान मारेको भन्ने समेतको जिल्ला न्याधिवक्तबाट अभियोजन भई मुलुकी अपराध संहिता २०७४ को दफा ४१ समेतको आजिवन काराबासको माग दाबी लिई मुद्धा दायर गरिएको छ।

स्मरण रहोस्, मुलुकी अपराधसंहिता २०७४ दफा ४१ बमोजिमको कसुर ठहर भएमा आजिवन कैद बस्नु पर्ने कानुनी व्यवस्था रहेको छ । यसलाई नेपालको कानुनले जघन्य अपराधको रुपमा परिभाषित गरेको छ । २३ वर्षीय यौन पिपासु खाँको घर बाँकेको खजुरा गाउँपालिका-३ मा हो । उनी घटनाको पाँच महिना अघि मात्र शान्तिपुरमा मदरासा गुरसने मदिनामा प्रशिक्षकका रुपमा आएका थिए । यौन पिपासुको शिकार भएर कलकलाइदो उमेर ज्यान गुमाएकि मनिषा शन्तिपुरको उदय माविमा कक्षा ९ मा पढ्दै थिईन।

धेरै पढेर निमेक मजदुरि गरेर पढाएकि आमालाई खुशि र सूखी बनाउने सपना बोकेकि मनिषाको सपन एउटा निर्दयी यौन पिपासुले चुडेको प्रति चन्द्रकोटबासि अहिले सम्म शोकमा छ्न । यस घटनाको अनुसन्धानमा चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्री , उपाध्यक्ष बिष्णु प्रसाद भण्डारी , सबै वडाध्यक्ष सहितका जनप्रतिनिधिका अलवा जिल्ला समन्वय प्रमुख द्रोण बहादुर खत्री सहितका स्थानीयले प्रहरीलाई निकै सघाएका थिए।

Awareness by SKF

त्यस्तै प्रहरीलाई दवाव स्वरुप चन्द्रकोटबसिले गरेको आन्दोलनलाई हिसात्मक हुन बाट जोगाउन चन्द्रकोट दलित उत्थान समाजका अगुवाहरुले पनि सकारात्मक भुमिका खेलेका थिए । मनिषाको बाबुको घर बाग्लुङ्ग हो । अभियुक्त नसमातिए सम्म बाग्लुङबासिले ठुलो साथ दिएका थिए ।

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →