Salime Malika Krishi Farm

Awareness Campaign

रेसुङ्गा सेवा समाजद्वारा देउसी भैलो खेलेर दुई मृगौलापीडितलाई ४० हजार सहयोग



टोपलाल अर्याल
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: हाम्रो रेसुङ्गा सेवा समाजले देउसी भैलो खेलेर दुई उदाहरणीय काम गरेको छ। देउसी भैलो खेल्ले अधिकांशले संकलन भएको पैसा पिकनीक र मोजमस्तीमा सक्छन्।

तर, गुल्मीको हाम्रो रेसुंगा सेवा समाजले देउँसी र भैलो खेलेको ४० हजार रकम रेनपा ८ र ९ का दुई मृगौला पीडितलाई प्रदान गरेको छ । सेवा समाजले बुधबार रेनपा ८ कि ५८ बर्षीया पुतलीदेवि थापा र बिहिवार रेनपा ९ का ५३ बर्षका नारायण सुनारलाई २०/२० हजार प्रदान गरेको हो । रेनपा ८ का वडाअध्यक्ष निरन्जन थापाले दुबै मृगौला पीडित पुतलीदेबि सहयोग हस्तान्तरण गर्दै रेसुङा सेवा समाजले मान्छेमा सामाजिक भावना हराउँदै गएका बेला गाउँमा भैलो खेलेर गाउँकै मृगौला पीडितलाई सहयोग गरेर निकै प्रसंशायोग्य काम गरेको बताए ।

थापा आर्थिक अभावको कारण डाइलोसिस समेत गर्न नसकेर घरमै थलिदै गएकी छन । त्यस्तै रेनपा ९ का दुबै मृगौला पीडित नारायण सुनारलाई निबर्तमान वडाअध्यक्ष नारन सुनारले सहयोग रकम हस्तान्तरण गर्दै पीडितको परिवारमा सेवा समाजले पुराएको योगदानको उच्च प्रसंशा गरे । पीडित सुनारले दुई बर्षदेखि मृगौला डाइलासिस गरिरहेका छन । हाम्रो रेसुङा सेवा समाजले महिला नेतृत्वसहित सामुदायिक कामको नमुना प्रस्तुत गरेको निबर्तमान वडाअध्यक्ष सुनारले बताए ।

सिंचाई
Forest
Ad.

सेवा समाजकी अध्यक्ष सरिश्मा नेपालीले लोककल्याणकारी काममा सहयोग पुराउने हिसाबले आफुहरु एकताबद्द भएर समाज मार्फत सामाजिक काममा लागेको बताइन । उनले देउसीभैलो खेलेपछी कला सस्कृतिको संरक्षणसंगै सामाजिक सहयोग हुने बताइन । सहयोग हस्तान्तरणमा जनप्रतिनिधि, समाजका पदाधिकारीसहित मिडियाकर्मीको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

टोपलाल अर्याल को बारेमा

टोपलाल अर्याल नेपाल पत्रकार महासंघ, गुल्मीका पुर्व अध्यक्ष हुन्।

टोपलाल अर्याल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →