Salime Malika Krishi Farm

Awareness Campaign

इजरायल-हमासबीच युद्धविराम सम्झौता: हमास ५० जनालाई रिहा गर्न र इजरायलले आक्रमण रोक्न सहमत



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: डेढ महिनादेखिको युद्धलाई रोक्दै इजरायलले आक्रमण रोक्ने र प्यालेस्टिनी लडाकु समूह हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति गरेका छन।

गत ७ अक्टोबरमा हमासले आक्रमणपछि चलेको युद्धललाई विराम गर्दै इजरायलले आक्रमण रोक्ने र हमासले पहिलोचरणमा ५० जनालाई रिहा गर्ने सहमति गरेका हुन। इजरायलको मन्त्रिपरिषद्ले गाजामा बन्धक बनाइएका ५० जनालाई रिहा गर्न हमाससँगको सम्झौतालाई अनुमोदन गरेको छ।

चार दिनको अस्थायी युद्धविरामका क्रममा ती बन्धकलाई रिहा गरिने र रिहा हुनेमा महिला र बालबालिका हुने इजरायली प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘इजरायल सरकार सबै बन्धकहरूलाई घर फर्काउन प्रतिबद्ध छ ।

सिंचाई
Forest
Ad.

जसअनुसार चार दिनभित्र महिला र बालबालिकासहित ५० बन्धकलाई रिहा गरिनेछ । त्यसक्रममा युद्ध रोकिनेछ ।’ हमासले ५० जनालाई रिहा गर्ने इजरायल सरकारले जनाएको हो भने विज्ञप्ति जारी गर्दै हमासले पनि मानवीय आधारमा युद्धविराम मा सहमति भएको जनाएको छ । कतार र इजिप्टको मध्यस्थतामा म्झौता भएकोप्रति हमासले दुवै देशलाई धन्यवाद पनि दिएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो