Place for ads

Awareness

गुल्मी र बागलुङका पौदेलीहरुको न्वागी पर्व शुरु



प्रेम सुनार
६ महिना अगाडि


Place for ads

गुल्मी: गुल्मी र बाग्लुङका पौँदेलीहरुले संयुक्त पर्वका रुपमा बर्षेनी मंसिर महिनामा मनाउँदै आएको न्वागी मेला पर्व यस वर्ष मंसिर ३ गते देखि सप्ताहव्यापी भव्य मेलाका साथ मनाउन सुरु गरिएको छ। न्वागी पर्व तथा मेलाको प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य जित बहादुर शेरचनले उद्घाटन गरेका थिए।

समारोहलाई सम्बोधन गर्दै नेता शेरचनले न्वागी पर्वले यस भेगको मौलिक संस्कृति संरक्षण, युवाहरुको प्रतिभा र क्षमता अभिवृद्धिको पाठशाला जस्तै बनेको धारणा राखेका थिए।

Get Vaccinated

गुल्मी र बागलुङको सिमाना पर्ने बडिगाड गाउँपालिका-५ को खारा बजारमा मनाईने यो पर्वलाई पौँदेलीहरुले दशैँ भन्दा पनि बढि महिमाका साथ मनाउछन् र यसलाई आफूहरुको पहिचानका रुपमा लिन्छन।

घरमा नयाँ धानबाली भित्र्याएपछि खुसीयाली स्वरुप चामलमा दही सिमल भिजाएर शुभ साईत हेराएर खाईने परिकारलाई न्वागी भनिन्छ। त्यही न्वागी ईष्टमित्र निम्ताएर खान सुरु भए पछि न्वागी पर्व सुरु हुन्छ। न्वागी पर्वलाई थप उल्लासमय बनाउन न्वागी मेला तथा संस्कृति संरक्षण मञ्चले मेलाको आयोजना गर्दै आएको छ।

न्वागी पर्वको महत्वबारे बडिगाड-५ का वडाध्यक्ष तथा न्वागी मेला तथा संस्कृति संरक्षण मञ्चका सचिव विष्णु आचार्यले न्वागी पौदेलीहरुको सांस्कृतिक पर्व मात्र नभई पौदेलीहरुको पहिचान समेत भएको बताए।

Awareness by SKF

यस पर्व लाग्ने मेलाले स्थानीय कला संस्कृति, खेलकुद र अन्य विभिन्न अतिरिक्त क्रियाकलापको विकासमा ठुलो टेवा पुर्याउदै आएको छ।

मेलामा राष्ट्रिय र स्थानीय कलाकारको जम्घट चले पनि सोरेठी, भजन, नौमती बाजा र गायन, नृत्य र विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरेर स्थानीय कला संस्कृतिको संरक्षण र युवाहरुको क्षमता अभिवृद्धिमा टेवा पुर्याईएको सांस्कृतिक समितिका संयोजक नविन कुँवरले बताए।

खारा बजारको शौन्दर्यकरण सुरु

बडिगाड गाउँपालिकाको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा दिलाएको भन्दै यसको विशिष्ट पहिचान दिलाउन न्वागी मेलालाई गाउँपालिकाले स्थानीय पाठ्यक्रममा समेत समावेश गरेको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापाले बताईन। उनले मध्यपहाडी लोकमार्ग र ढोरपाटनको समिपमा जोडिएको पालिकामा धेरै सम्भाव्यता रहेको र त्यसलाई भरपूर प्रयोग गर्ने भन्दै भौगोलिक विकटताका बाबजुद बडिगाडवासी नागरिकको जीवनस्तर सुधार गर्न संघ र प्रदेश सरकारसंग विभिन्न योजनाका लागि पहल गरिरहेको बताएकी थिईन। त्यस्तै उनले खारा बजार क्षेत्रको भित्री सडक कालोपत्रे गर्ने, मध्यपहाडी लोकमार्गमा सडक बत्ती जडान गर्ने, बजार क्षेत्रमा एकै रंगका घरहरु निर्माण गरी अनिवार्य बगैँचा बनाउने लगायत शौन्दर्यकरणका काम सुरु हुन लागेको बताएकी थिईन।

COVID-19

उद्घाटन समारोहमा मुसिकोट नगरपालिकाका नगर उपप्रमुख गंगा श्रेष्ठ, बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा, उपप्रमुख भिमसेन वन, प्रमुख प्रशाशकीय अधिकृत चेतनारायण भण्डारी, वडाध्यक्ष सहितका जनप्रतिनिधि र विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि, राजनैतिक दल, बैंक तथा वित्तिय संस्था, सुरक्षाकर्मी, शिक्षक, पत्रकार लगायतको उपस्थिति रहेको थियो।

मेलाको पहिलो दिन आयोजित प्रतियोगितात्मक कार्यक्रमहरु मध्ये नौमती बाजा प्रतियोगिता र रेकर्ड डान्स प्रतियोगिता लगायतका कार्यक्रम सम्पन्न भएका थिए। न्वागी पर्वको प्रचलन र महिमाबारे मञ्चका अध्यक्ष गुणानिधि घिमिरे संग जिज्ञासा राख्दा उनले १५ औँ शताब्दी तिर पश्चिम सिन्जा राज्यका भुरे राजाले इस्मा राज्यलाई आक्रमण गर्न आएको र उनिहरुलाई इस्माका सेना दारेगौँडा भन्ने स्थान मै रोकेर भगाउन सफल भएको खुशीको बेला धान बाली थन्काउने समय परेको र इस्माली राजाले सय मुरी धान फल्ने खेतबाट धान थन्काएर पहिला दहीमा चामल भिजाएर पुजा प्रसाद खाएर खुशीयाली मनाएको र त्यसै दिनदेखि न्वागी मनाउन सुरु गरिएको जानकारी दिए।

हरेक दिन गुल्मी, बागलुङ र अन्य जिल्लाहरुबाट समेत भिड बढ्ने गर्दछ। मङ्सिर ९ गते समापनको दिन थप भव्य हुने गर्दछ। २०४० को दशक सम्म न्वागी मेला सोरठी र छेलो फाल्ने प्रतियोगिताका रुपमा पनि न्वागी पर्वको अर्को महिमाका रुपमा पनि लिईन्थ्यो। युवा युवती बिच दोहोरी गाउने, ‌जिते पछि सके सल्लाहले नसके युवतीलाई लतारेर भगाउने प्रचलन पनि थियो।

माथि दाचौरको फाँट लाग्ने मेलामा तरुल, सखरखण्ड, झिलिङ्गेको बिराम्ला, विभिन्न मासुका परिकार, स्थानीय पेय पदार्थ सोली र थुन्सेमा बोकेर ल्याउथे। डोका, नाम्ला, थुन्से, सोली, डालीको उतिबेला निकै व्यापार पनि हुन्थ्यो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →