काठमाडौँ: मिस युनिभर्स २०२३ मा नेपालबाट प्रतिनिधित्व गरेकी जेन दीपिका ग्यारेट टप २० मा पुगेर बाहिरिएकी छन्।
प्लस साइज मोडलको रूपमा अन्तर्राष्ट्रिय मिडियामा समेत चर्चा बटुलेकी जेन दीपिका ग्यारेट टप १० मा पुग्न असफल भएकी छन्।
उपाधि निकारागुआकी सेनिस पलासियोसले जितेकी छन्। २३ वर्षीय पलासियोस पेसाले टेलिभिजन होस्ट समेत हुन्। उनले आमसञ्चारमा स्नातक उत्तीर्ण गरेकी छन्। निकारागुआले पहिलो पटक मिस युनिभर्स टाइटल जितेकी हुन्।
एल-साल्भाडोरमा सम्पन्न कार्यक्रममा ८४ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस युनिभर्स को उपाधि जितेकी हुन्।
कमेन्ट गर्नुहोस्
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







