Hi-Speed Computer

Awareness Campaign

जिटिभीको दोस्रो वार्षिकोत्सव: सोरठीले गुञ्जिएको गुल्मीको वामीटक्सार बजार



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: जिटिभि नेपाल अनलाइन सुचना केन्द्र प्रा.लि., मुसिकोट नगरपालिका-७, वामीटक्सार गुल्मीको आयोजनामा सोरठी भैलो नृत्य प्रतियोगीता तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

जिटिभि नेपालले आफ्नो दोश्रो बार्षिकोत्सवको अवसर पारेर लोप हुँदै गइरहेको सारेठीलाई संरक्षण एवम् प्रवद्र्धन गर्ने र नयाँ पुस्तामा पुस्तान्तरण गर्ने उद्धेश्य सहित कार्यक्रम आयोजना गरेको अध्यक्ष दिपक नेपालीले जानकारी दिनुभयो ।

कार्यक्रममा सोरठी नृत्य प्रतियोगीतासंगै खुल्ला रेकर्ड डान्स प्रतियोगीता र राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुती रहेको थियो । सोरठी नृत्य प्रतियोगीता तर्फ ८ समुह सहभागी भएकोमा सानो रिघा सोरठी समुहले प्रथम स्थान हासिल गर्दै नगद रु. २० हजार तथा मालारानी भैलो सोरठी संरक्षण समिति मालारानीले द्धितिय स्थान हासिल गर्दै नगद रु. १५ हजार र प्रमाण पत्र प्राप्त गरेका छन् । बागलुङ र गुल्मीका विभिन्न स्थानका सोरठी समुहको प्रस्तुतीले वामीटक्सार बजार सोरठीमय बनेको थियो।

Forest
Forest
Ad.

त्यस्तै खुल्ला रेकर्ड डान्स प्रतियोगीतामा १२ जना सहभागी भएकोमा द गलकोट स्क्वायर डान्स एक्याडेमी गलकोट बागलुङले प्रथम स्थान हासिल गर्दै नगद रु. १० हजार १ सय १७ तथा बिनिता परियार द्धितिय हुँदै नगद रु. ५ हजार १ सय १७ रुपैयाँ प्राप्त गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायक रेशम निर्दोष, चर्चित डान्सर शेखर घर्ती मगर, डान्सर दिलु सुनार, लोक तथा दोहोरी गायिक पवित्रा सर्तुङ्गी मगर र गायक ओम सेञ्चुरी लगायतको सांगीतिक प्रस्तुती रहेको थियो ।

जिटिभि नेपाल अनलाइन सुचना केन्द्र प्रा.लिका अध्यक्ष दिपक नेपालीको अध्यक्षता रहेको कार्यक्रममा डा. प्रवेश ढकालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरउपप्रमुख गंगा श्रेष्ठ, पूर्व नगरप्रमुख सोमनाथ सापकोटा, वडा नं २ का वडाध्यक्ष रविन्द्र के.सी, वडा नं ७ का वडाध्यक्ष हरिहर सापकोटा, समाजसेवी एवम् महिला अधिकारकर्मी विष्णु कुमारी सापकोटा, कल्पना घिमिरे, समाजसेवी झविलाल भण्डारी, ज्ञानहरी सापकोटा, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल, पूर्व अध्यक्ष जनार्दन घिमिरे, संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठ, वामी प्रहरी चौकीका ईन्चार्ज वरिष्ठ सइ लक्ष्मण विश्वकर्मा, सहयोगीदाताहरु, स्थानीय तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

Awareness by SKF

कार्यक्रममा जिटिभि नेपाल अनलाईन सुचना केन्द्र प्रा.लिका सम्पादक सागर भण्डारीको स्वागत मन्तव्य एवम् चर्चित उद्घोषक भुवन भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो