Awareness

टिकटकमा अश्लिल हर्कत देखाउने बराललाई माओवादी केन्द्रले गर्यो कारवाही



ओझेलका खबर संवाददाता
४ हप्ता अगाडि


Place for ads

बुटवल: नेकपा माओवादी केन्द्र रूपन्देहीले सामाजिक संजाल टिकटकमा उच्छृङ्खल गतिविधि गर्ने शान्ति बराललाई साधारण सदस्यबाट हटाएको छ।

पार्टीको सैनामैना नगर कमिटी सदस्यमा रहेकी उनले चर्चा कमाउने नाममा टिकटक लाइभमा शरिरको गोप्य अंग देखाएपछि उनलाई पार्टीले कारबाही गरेको हो।

Get Vaccinated

पार्टीले एक विज्ञप्ती जारी गर्दै उनलाई साधारण सदस्यबाट हटाएको जानकारी गराएको हो ।

‘शान्ति बरालले पार्टीको सांगठनिक जिम्मेवारी, पार्टीमा हुनुपर्ने सामाजिक÷सांस्कृतिक अनुशासन तथा आम नेपाली सामाजिक÷सांस्कृतिक व्यवहारका विरुद्ध गई सामाजिक सञ्जालमा प्रस्तुत हुन गएको कारण समेतले निज शान्ति बराललाई ने।क।पा माओवादी केन्द्रको पार्टी संगठन मातहतका सम्पूर्ण जिम्मेवारी र पार्टी सदस्य समेतबाट निलम्बन गरिएको जानकारी गराउँदछौँ’, विज्ञप्तीमा भनिएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईलाई यो खबर कस्तो लाग्यो