Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मी महोत्सवमा दिनप्रतिदिन दर्शकको घुइँचो बढ्दै



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

अनिष पन्थी, गुल्मी: प्रथम गुल्मी ऐतिहासिक महोत्सवमा दिनप्रतिदिन दर्शकको घुइँचो लाग्दै गएको छ। चौथो दिन शनिबार दर्शकको बाक्लो उपस्थित भएको हो।

शनिबार लोक तथा दोहोरी गायक बद्री पङ्गेनी, रमेश राज भट्टराई ,गणेश अधिकारी, शिलु भट्टराईको साङगेतिक प्रस्तुति रहेको थियो। महोत्सव २५ गतेसम्म चल्नेछ। महोत्सव स्थलसम्म पुग्न तम्घास बजार देखि निःशुल्क बसको समेत व्यवस्था गरिएको छ।

शनिबार भएको कारोबारको टिकटको ५० प्रतिशत रकम जाजरकोटका भूकम्प पीडितहरुको उद्धारका लागि पठाइने भएको छ । उद्योग संघको आयोजनामा उपल्लो तम्घासमा सञ्चालन भइरहेको महोत्सवको शनिबार कारोबार हुने टिकटको ५० प्रतिशत रकम भूकम्प प्रभावितहरुको उद्धाराका लागि जाजरकोट पठाइने आयोजकले जनाएको छ।

सिंचाई
Forest
Ad.

गुल्मी उद्योग संघको शनिबार बसेको आकस्मिक बैठकले यस्तो निणर्य गरेको हो । भुकम्पमा परी दिवंगत हुनुभएकाहरुमा शोक व्यक्त समेत गरेको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो