Awareness

Get Vaccinated

कहिले बन्लान् बागलुङको बिहुँ-नरेठाँटी सहित चार वटा सुरूङमार्ग?



ओझेलका खबर संवाददाता
९ महिना अगाडि


Place for ads

काठमाडौं: सरकारले घोषणा गरेको सुरुङमार्गमध्ये चार वटा सुरुङमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन सम्पन्न भएको छ। गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले घोषणा गरेकोमध्ये सुरुङमार्गमध्ये अहिले चारवटा सुरुङमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको जनाएको हो।

केन्द्रले सुनसरीको धरान-लेउती सुरुङमार्ग, खुटिया-बीपी नगर-दिपायल सुरुङमार्ग, गोदावरीकुण्ड-काभ्रे मानेचौर सुरुङमार्ग र बाग्लुङ-नरेठाटी सुरुङमार्गको प्रारम्भिक सम्भाव्यता सम्पन्न गरेको केन्द्रले जनाएको छ ।

केन्द्रका सिनियर डिभिजनल इन्जिनियर (सिडीई) दीप बाराहीले चारवटाको सम्भाव्यता अध्ययन सम्पन्न भएको बताए । उनकाअनुसार गत वर्ष दुई वटा सुरुङमार्ग, आर्थिक २०७८/७९ मा एउटा र चालु आर्थिक वर्षमा एउटा गरी चार वटा सुरुङमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गरेको हो । उक्त प्रारम्भिक अध्ययनमा आयोजना निर्माणको लागि ५३ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

‘अहिले प्रारम्भिक अध्ययनबाट चार वटा सुरुङमार्ग निर्माणका लागि ५३ अर्ब २५ करोड ७६ लाख रुपैयाँ खर्च हुने देखिएको छ,’ उनले क्लिकमान्डुसँग भने, ‘उक्त अध्ययनले आयोजनाको ठ्याक्कै लागत यही हो भन्ने चाहिँ हुन्न । आगामी दिनमा प्रक्रिया अगाडि बढेमा डीपीआर र इआईएबाट आयोजनाको लागत यकिन हुनेछ ।’

उनले अहिले गरेको प्रारम्भिक अध्ययनले सुरुङमार्गको पहिलो चरणको प्रक्रिया पुरा गरेको बताए । केन्द्रले अध्ययन गरेको धरान-लेउती सुरुङमार्गका जोगबनी(किमाथांका सडकको दूरी र समयलाई छोट्याउने उद्देश्यले धरानदेखि लेउती खोलासम्मको सुरुङमार्ग बनाउने योजना बनाएको छ ।

सम्भाव्यता अध्ययनले सुरुङमार्गको लम्बाई ३.८७ किलोमिटर मिटर कायम हुने देखाएको छ । सरकारले सडकको दुरी कम गर्ने उद्देश्यसहित निर्माणका लागि गरेको अध्ययनबाट आयोजनाको निर्माण लागत ११ अर्ब ३८ करोड ६८ लाख रुपैयाँ लाग्ने अनुमान गरेको छ । यदि उक्त सुरुङमार्ग निर्माण भएमा सवा घण्टाभन्दा बढी लाग्ने समय छोट्टिएर अधिकतम १० मिनेटमा सिमित हुनेछ । उक्त सुरुङमार्गको सम्भाव्यता अध्ययन २०७८/७९ मा सम्पन्न भएको थियो । आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भएपनि हालसम्म अन्य कार्य भने नबढेको बाराहीले बताए ।

यस्तै, सरकारले २०७५/७६ को बजेटमार्फत घोषणा गरेको खुटिया-बीपीनगर-दिपायल खण्डको सुरुङमार्गको सम्भाव्यता अध्ययन गत वर्ष सम्पन्न गरेको छ । घोषणा गरेको तीन वर्षमा सम्भाव्यता अध्ययन सम्पन्न गरे पनि त्यसभन्दा अगाडिको प्रक्रिया भने बढ्न सकेको छैन ।

Awareness by SKF

अध्ययनमा उक्त सुरुङमार्ग ७.०१ किलोमिटरको हुनेछ । जसमा आयोजनाको निर्माणको अनुमानित लागत १३ अर्ब ४० करोड ७२ लाख रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ ।

गोदावरीकुण्ड-काभ्रे मानेचौर जोड्ने सुरुङमार्ग अध्ययनका लागि २०७७/७८ मा ५० लाख बजेट छुट्टाइएको थियो । उक्त छुट्टाइएको बजेटको आधारमा केन्द्रले गत वर्ष प्रारम्भिक सम्भाव्यता अध्ययन सम्पन्न गरेको छ । अध्ययनअनुसार उक्त सुरुङमार्ग ३.६५ किलोमिटरको हुनेछ । साथै, सुरुङमार्गको अनुमानित लागत ७ अर्ब ९७ करोड ९९ लाख रुपैयाँ रहेको छ ।

केन्द्रका सीडीई बाराहीले यो वर्षको सुरुवातमा नै बागलुङ बिहुँ-नरेठाँटी सुरुङमार्गको पनि सम्भाव्यता अध्ययन सकिएको बताए । उनकाअनुसार उक्त क्षेत्रमा ७.४४ किलोमिटर लम्बाईको सुरुङमार्ग बनाउनुपर्ने प्रारम्भिक अध्ययनबाट देखाएको छ । अध्ययनमा उक्त सुरुङमार्ग निर्माण गर्न २० अर्ब ४८ करोड ३५ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरेको छ । साथै, चालु आर्थिक वर्षमा सुरुङमार्गको अध्ययन तथा प्रक्रिया अगाडि बढाउनका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन भएको उनले जानकारी दिए ।

सुरुङमार्ग अध्ययनका लागि सडक विभागमार्फत क्वालिटी रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरले पाएको थियो । अहिले सडकको प्रयोगबाट दुरी धेरै लामो छ । सुरुङ बनेमा यो बाटो ७.४४ किलोमिटरमा छोटिनेछ । साथै, पश्चिम बागलुङका लागि धेरै सहज हुनेछ । चारवटाको अध्ययन सम्पन्न भएपनि बजेट अभावका कारण अन्य कार्य भने अगाडि बढ्न सकेको छैन ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो