Clean Water Campaign

Awareness Campaign

तम्घासमा तेलमा उपभोक्ता माथि झेल, १५ कार्टुन बरामद, ५६ पसल अनुगमन



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको मुख्य बजार तम्घासकै पसलहरुबाट म्याद नाघेका सामग्री बिक्री गरेको फेला परेको छ। जिल्ला प्रशासन कार्यालयले कार्तिक १ र २ गते विभिन्न टोली बनाएर बजार अनुगमन गरेको थियो।

सोही क्रममा बजिमाया रन्जन स्टोर्सबाट १४ कार्टुन तेज र १ कार्टुन माया तेल म्याद नाघेको फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले जानकारी दिए । त्यस्तै घरेलु मदिरा निर्माण गर्न प्रयोग गरिने कच्चा पदार्थ (मर्चा) ८० केजि पनि अनुगमन टोलिले बरामद गरेको छ । अनुगमन टोलिले खाद्य, दुध डेरि र मासु पसल गरेर बजारका ५६ वटा पसल अनुगमन गरेको गैरेले बताए।

उनले बजारमा कम म्याद हुने तेल, मसला, सुजि, चेरी, बदाम, चोकोपाइ, बिस्कुट, फुरनदाना लगायतका सामग्री जफत गरिएको बताए । निरन्तर बजार अनुगमन हुने सदरमुकामकै जिम्मेवार ब्यावसायीकोमै भान्सामा सबैभन्दा बढी प्रयोग हुने तेल म्याद नाघेको फेला पर्नु दु:खद बिषय भएकाले उपभोक्ता सचेत रहन र ब्याबसायी गम्भीर बन्न आग्रह गरे।

Forest
Forest
Ad.

उनले जिल्लाका ४/५ वटा पसल तथा उद्योगको मुद्दा प्रशासन कार्यालयमा चालू अवस्थामा रहेकाले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने बस्तुको बिक्रीवितरणमा चनाखो बन्नुपर्नेमा जोड दिए । अनुगमनको क्रममा ६४ हजार ९ सय ३५ रुपैयाँ मुल्य बराबरको सामान बरामद गरिएको गैरले पत्रकारहरुलाई जानकारी गराए ।

पसलमा सामान खरिद गर्दा उपभोग्य मिति ख्याल गर्ने निकै कम मान्छे छन । उपभोग्य मिति हेरेर सामान खरिद गर्ने ब्यावसायी पनि बजारदेखि गाउँसम्म उपभोक्ता जस्तै छ्न । उपभोक्ता म्याद नाघेको उपभोग्य बस्तुको सेवनले स्वास्थमा पार्ने असरप्रती जानकार छैनन् । भने व्यवसायी पनि त्यस्तो वस्तुको बिक्रीले मानव स्वास्थ्यमा पार्ने असर र कानुनी विषयमा अचेत छन्।

त्यस्ता सामग्री बिक्री गर्नेहरुलाइ कम कारबाही भएका छन् । भने नियमित अनुगमन नहुदा समस्या बल्झिने गरेको छ । उपभोक्ता र व्यावसायीलाई प्रयाप्त सचेतनाका कार्यक्रम गर्न सरकारी तथा गैर-सरकारी स्तरबाट उल्लेखनीय काम नहुदा गुणस्तरहिन र म्याद नाघेका सामानको खुलेयाम बिक्री हुँदै आएको स्थानीयको गुनासो छ। -यो खबर जिटिभी नेपालबाट साभार गरिएको हो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो