Smoking Causes Cancer

मेलवर्न ज्ञान महायज्ञ: पहिलो दिनमै ५० लाख संकलन



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

कौरव खत्री, गुल्मी: अष्ट्रेलियन नेपाली बहु सांस्कृतिक केन्द्र(एएनएमसी)को आयोजनामा दशैँको अवसरमा बृहत नवाह ज्ञान महायज्ञ सप्ताहबाट राम्रो आर्थिक जुटेको छ ।

“गाँउ गाँउबाट उठौ,बस्ती बस्तीबाट उठौँ मेलवर्न सप्ताह सफल बनाउन सबै नेपाली एक भै जुटौँ”भन्ने मुल नारा सहित (एएनएमसी)काे आयाेजनामा गत असाेज २८ गतेबाट शुरू गरिएकाे नवाह ज्ञान महायज्ञ सप्ताह भाग २ पहिलो दिनमा करिव ५० लाख आर्थिक सहयोग संकलन भएकाे अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र(एएनएमसी) अष्ट्रेलियाका अध्यक्ष गान्धी प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

साथै ज्ञान महायज्ञ सप्ताहमा कथा बाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले मुख्य प्रवचन रहेकाे छ । महायज्ञमा कलाकार हरूले दैनिक रूपमा भजन किर्तन, झाकी प्रस्तुत गदै आएकाे अध्यक्ष भट्टराईले बताउनु भयाे ।

सिंचाई
Forest
Ad.

साथै कार्तिक ४ गतेसम्म चल्ने महायज्ञ सप्ताह सञ्चालन भने १०० डन्कन्स लेन, डिगर्स रेस्टस्थित आफ्नै जग्गामा ज्ञान महायज्ञ सप्ताह भाग २ अष्ट्रेलियाकाे मेलवर्न सञ्चालन भईरहेकाे छ ।

महायज्ञ दैनिक हप्ताको सोमवार देखि शुक्रवारसम्म दिउँसो ४ देखि साढे ८ बजेसम्म एवंम् शनिवार र आइतवार दिउँसो २ बजेदेखि साँझ साढे ८ सम्म ज्ञान महायज्ञ सप्ताह हुने आयोजकले जानकारी दिएको छ । त्यस्तै आरतीको समय भने साँझ ७ः३० बजे रहेको छ । साथै ज्ञान महायज्ञको अक्टोवर १५ तारिक अर्थात असाेज २८ गते आइतबार उद्घाटन गरि शुरू हुने सप्ताह २४ अक्टोबरमा समापन हुने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो