Awareness

Get Vaccinated

गुल्मी जिल्ला निजामती सेवामा देशमै पहिलो



ओझेलका खबर संवाददाता
१० महिना अगाडि


Place for ads

काठमाडौं: आर्थिक वर्ष २०७९-८० मा निजामती सेवामा सबैभन्दा बढी गुल्मी जिल्लाका प्रवेश गरेका छन्। लोकसेवा आयोगले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलालाई बुझाएको ६४ औँ प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा सञ्चालन भएका परीक्षामा गुल्मी जिल्लाबाट सबैभन्दा बढी उम्मेदवार सिफारिस भएका छन् ।

यस्तै, दोस्रो बढी उम्मेदवार सिफारिस हुने जिल्ला स्याङ्गजा रहेको प्रतिवेदनमा उल्लेख छ । त्यसपछि क्रमशः सर्लाही, जुुम्ला र धनुषा जिल्लाका उम्मेदवार बढी सिफारिस भएका छन् । प्रदेशगततर्फ सबैभन्दा बढी मधेश प्रदेशबाट ६८४ र सुदूरपश्चिम प्रदेशबाट सबैभन्दा कम ३९१ उम्मेदवार सिफारिस भएका छन् ।

यस आर्थिक वर्षमा सिफारिस हुने उम्मेदवारको औषत उमेर २८ वर्ष रहेको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०७९-८० मा निजामती सेवातर्फ सञ्चालित विभिन्न लिखित परीक्षाहरुमा एक लाख ३० हजार ४२१ उम्मेदवार सम्मिलित भएका थिए । सम्मिलितमध्ये ४५ हजार ७१५ महिला र ८४ हजार ७०६ पुरुष थिए।

जसमध्ये तीन हजार ६७५ उम्मेदवार मात्र स्थायी नियुक्तिका लागि सिफारिस भएका छन् । जहाँ एक हजार ९९ महिला र दुई हजार पाँच सय ७६ पुरुष रहेका छन्। परीक्षामा अनियमितता गर्ने १९ महिला २४ पुरुष गरी ४३ जना उम्मेदवार कारबाहीमा परेका छन्। -गोरखापत्र

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो