Awareness

गुल्मीमा आफैले पढाउने शिक्षकद्वारा एक महिला माथि यौन शोषण



प्रेम सुनार
२ महिना अगाडि


Place for ads

प्रेम सुनार, गुल्मी: मङ्ग्लबार दिउँसो एक महिलाको फोन आयो। घर गुल्मी बताईन। पूरा ठेगना र नाम गोप्य राख्दै गुल्मीकै एक विध्यालयका शिक्षकलाई जागिरबाट निकाल्न सहयोग गरिदिन आग्राह गरिन।

किन ? भन्ने प्रश्नमा उनले स्कुले जिवनमा आफैले पढाउने शिक्षकले विवाह गर्ने प्रलोभनमा आफुलाई पाँच बर्ष सम्म यौन शोषण गरेको हृदयविदारक कथा सुनाईन । उनको विवाह भइसकेको रहेछ । नाम ठेगना खोलेर मिडियामा बोल्दा घर श्रीमानले थाह पाउने , घर बिग्रने डर सुनाईन ।

Get Vaccinated

ती शिक्षकलाई प्रहरी चौकी सम्म पुराएको र करिव ३ लाखमा मिलापत्र गरेको बताउदै उनले भनिन, त्यसरी मिलापत्र गरे पनि आफू माथिको त्यो शोषणको इख नमरेको उनको आशय थियो । उनले त्यस्ता शिक्षकलाई किन अझै त्यसै बिध्यालयमा राखिएको छ ? भन्ने प्रतिप्रश्न गर्दै तत्काल निकाल्नका लागि सहयोगको आग्राह गरिन ।

उनको पीडा सुनेपछी निकै भावुक र चिन्तित बनायो । आफुलाई पढाउने शिक्षक, शिक्षिकालाई गुरुबा र गुरुआमा पुजिन्छ । तर यो बिडम्बना यस्तो छ कतिपय छात्राहरु त्यस्ता नरपिचासहरु बाट यौन शोषणमा परेको सुन्नु पर्छ । बिगतमा त्यस्ता केहि शिक्षक छात्रालाई यौनशोषण गरेको आरोपमा कानुनी कठघरमा परे । तर यी महिला भने पैसामा मिलापत्र गरे भन्छिन् ।

त्यसो नगरेर कानुन अनुसार अगाडि बढेको भए अरु त्यस्ता छात्राहरु ती नरपिचासहरुको सिकार हुनबाट बच्ने थिए । कृपयाबहिनीहरु तपाईं माथी कसैबाट त्यस्तै शोषण भएको छ भने दवाएर नराख्नुहोस् र ललाई फकाई वा दवावमा मिलापत्र नगर्नुहोस् , दोषीलाई कानुनी कठघरामा उभ्याउनै पर्छ ।

कमेन्ट गर्नुहोस्

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →