Salime Malika Krishi Farm

Awareness Campaign

अर्घाखाँचीको डाँडाकटेरीमा भैरव नाच आयोजना गरिने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

अनिष पन्थी, गुल्मी: अर्घाखाँचीमा बिजया दशमिको अवसर पारेर भैरव नाच आयोजना गरिने भएको छ । “धर्म कला संस्कृति हाम्रो दायित्व ” भन्ने मुल नाराका साथ स्मार्ट युवा क्लब मालारानी गाउँपालिका २ डाडाकटेरी अर्घाखाँचीमा कार्तिक ४ गते भैरव नाच हुने भएको हो ।

परम्परा रीतिरिवाज संस्कृतिको जगेर्ना गर्दै बिजया दशमीको अवसरमा शुभकामना आदानप्रदान तथा भैरव नाच कार्यक्रम आयोजना गर्न लागिएको स्मार्ट युवा क्लबका अध्यक्ष प्रदिप गौतमले जानकारी दिए। स्मार्ट युवा क्लबले विभिन्न सांस्कृतिक कार्यक्रमहरू गर्दै र दिनदुखीहरुको साहरा बन्दै आएको अध्यक्ष गौतमले बताए ।

डाँडाकटेरी बजारमा हुने नेवा समुदायको प्रचलित भैरव नाच फूलपातीको दिन गरिने भएको हो । लोप हुन लागेको संस्कृति लाई जगेर्नाको निमित्त कार्यक्रम गर्न लागिएको क्लबका सचिव सन्तोष सुनारले जानकारी दिए ।

सिंचाई
Forest
Ad.

कार्यक्रममा धेरै दर्शकको उपस्थित अपेक्षा राखिएको क्लबका वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रमका संयोजक मिलन के .सीले जानकारी दिए । भैरव नाच कार्यक्रमलाई भव्यताका साथ सफल बनाउन कार्यक्रमको तयारी तिव्र पारिएको समेत के.सीले बताएका छन। कार्यक्रम बेलुका ७ बजे बाट सुरु हुने आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो