Clean Water Campaign

Awareness Campaign

मुसिकोटमा धारामा चिप्लिएर लड्दा एकजनाको मृत्यु



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकामा धारामा पानी खाने क्रममा चिप्लिएर लड्दा एक जनाको मृत्यु भएको छ।

नगरपालिकाको वडा नं ४ ग्वादिकाचौरका ४१ वर्षीय सुख बहादुर कुमालको घर नजिकैको छिमेकीको धारामा पानी पिउन गएको अवस्थामा अकस्मात चिप्लिएर लड्दा ज्यान गएको प्रहरीले जनाएको छ।

चिप्लिएर लडी गम्भीर घाईते भएका उनको तत्काल उद्धार गरी उपचारको लागी लैजाने तयारी हुँदै गर्दा घटनास्थल मै मृत्यु भएको वामी प्रहरी चौकीका ईन्चार्ज वरिष्ठ सई लक्ष्मण विश्वकर्माले जानकारी दिनुभयो।

सिंचाई
Forest
Ad.

बिहिवार वामी प्रहरी चौकीको टोली घटनास्थलमा पुगी प्रारम्भिक अनुसन्धान सकेको र मुचुल्का पछि शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल पठाईएको उहाँले बताउनुभयो ।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो