Salime Malika Krishi Farm

Awareness Campaign

सेन्ट कपितानियो स्कुलमा रेडक्रस स्थापना कार्यक्रम सम्पन्न



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

पाल्पा: ने.यु.जु.रे.स. गठन तथा रेडक्रस परिचय कार्यक्रम सम्पन्न भएको छ। यो कार्यक्रमको आयोजना सेन्ट कपितानियो स्कुल, तानसेन पाल्पाले गरेको थियो। कार्यक्रमको अध्यक्षता प्रिन्सिपल सिस्टर एनिस जोसेफ गरेकी थिइन् भने प्रमुख अथिती श्रीनगर उपशाखाका सभापति पुष्कर अथक रेग्मीले गरेका थिए।

त्यस्तै अथितिमा श्रीनगर उपशाखाकी उपकोषाध्यक्ष संजित थापा थिइन्। कक्षा ९ की छात्रा संज्ञा लक्ष्मी खड्काको स्वागत मन्तव्यबाट कार्यक्रम सुरुभएको थियो।
पुष्कर राज रेग्मी (रेडक्रस अभियान, सात सिद्धान्त) र संजित थापा (प्राथमिक उपचार) प्रशिक्षण दिएका थिए।

यसै कार्यक्रममा गठित युजुरेसका पदाधिकारीहरू यसप्रकार रहेको छ:
अध्यक्ष: संज्ञा लक्ष्मी खड्का
उपाध्यक्ष: कुन्दन थापा
सचिव: आरति बस्याल
उपसचिव: मञ्जिल समर खाती
कोषाध्यक्ष: निशा भट्टराई
सदस्य : आर्यन काफ्ले
सदस्य : शाश्वत भट्टराई
सदस्य : एञ्जल थापा
सदस्य : रितु रसाली
सदस्य : प्रेनिशा नेपाली
सदस्य : आलभ पाण्डे
सदस्य : अदिति बस्याल
सदस्य : आसुतोष ज्ञवाली
सदस्य : प्रिन्सि शर्मा
सदस्य : विविशा पाण्डे
सदस्य : इशिता आत्रेय
संरक्षक : सिस्टर एनिस जोसेफ
शिक्षक नायक : शकुन्तला कुँवर क्षेत्री
सह शिक्षक नायक : धनकुमारी थापा

सिंचाई
Forest
Ad.

नयाँ पदाधिकारीहरूलाई रेडक्रस लोगो अंकित नेम ट्याग वितरण प्रमुख अतिथि र अतिथिबाट गरिएको थियो। त्यस्तै प्रिन्सिपललाई श्रीनगर उपशाखाको तर्फबाट रेडक्रस परिचय ब्रोसर र विशेषाङ्क प्रदान उपशाखा सभापतिले गरेका थिए।

युजुरेस अध्यक्षद्वारा श्रीनगर उपशाखाका सभापतिलाई पत्र हस्तान्तरण भएको थियो। कार्यक्रम सञ्चालन शकुन्तला कुँवर क्षेत्री ( शिक्षक नायक) द्वारा गरिएको थियो भने कार्यक्रममा समापन प्रिन्सिपल सिस्टर एनिस जोसेफले गरेकी थिईन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो