Salime Malika Krishi Farm

Awareness Campaign

बागलुङदेखि पोखरा छुटेको जीप खोलाले बगायो, तीन जना बेपत्ता



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: खोलाले जीप बगाउँदा तीन जना बेपत्ता भएका छन् । पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमाना समादीखोलामा आएको बाढीले जीप बगाउँदा तीन जना वेपत्ता भएका हुन्।

बागलुङदेखि पोखरा छुटेको ग १ ज ६२१३ नम्बरको जीप खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक खुमलाल भुषालले जानकारी दिनुभयो । भारी वर्षाका कारण खोजतलासमा समस्या भएको उहाँको भनाइ छ । अत्यधिक वर्षा भइरहेको र चालकले गाडी रोकेर ओत लगाउने बेला एक्कासी बाढी आएर तीन जनासहित गाडी बगाएको भुषालको भनाइ छ ।

बेपत्ता हुने तीन जना पुरुष भएको तर उनीहरुको सनाखत हुन नसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो – “भारी वर्षा भइरहेको छ, गाडी र मान्छे खोलाले बगाएको जानकारी पायौँ, खोजी कार्य जारी छ, तर अहिलेसम्म फेला परेको छैन, चालकसहित चार जना हुनुहुदो रहेछ, चालक झरेरे ओत लगाउने क्रममा माथिबाट बाढी आएछ, उहाँ बच्न सफल हुनु भएछ, अरुलाई बगाएछ ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो