Salime Malika Krishi Farm

Awareness Campaign

गोर्खाली भ्वाइस लोक दोहोरी प्रतियोगीता, सिजन २ को समापन समारोह सम्पन्न



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: गोर्खाली भ्वाइस डटकम द्वारा सञ्चालित गोर्खाली भ्वाइस लोक दोहोरी प्रतियोगीता, सिजन २ को औपचारिक समापन समारोह काठमाडौंको मा सम्पन्न भएको छ। कार्यक्रममा प्रतियोगिताका विभिन्न राउण्ड पार गर्दै प्रथम, द्वितीय र तृतीय हुने कलाकारहरुलाई पुरस्कार प्रदान गरिएको थियो।

२०८० बैसाख १ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय सुदन किराँतीद्वारा उद्घाटन गरिएको कार्यक्रम वरिष्ठ सर्जक दुर्गा रायमाझीको प्रमुख आतिथ्यतामा समापन समारोह सम्पन्न गरिएको हो। यस प्रतियोगिताको वरिष्ठतम् लोक श्रष्टा/गायक/निर्देशक नारायण रायमाझी प्रमुख सल्लाहकार एवम् बौद्धिक लोक श्रजक तथा साहित्यकार रमेश बिजी जुरी रहनुभएको थियो। त्यसैगरी निर्णायकको भूमिका चर्चित लोक गायक रामचन्द्र चन्द, परदेशी गायक सुर्य खड्का र चर्चित लोक गायिका शर्मिला गुरुङले निर्वाह गर्नुभएको थियो।

सिंचाई
Forest
Ad.

प्रतियोगितामा सहभागी ६० जना प्रतिस्पर्धीलाई उछिन्दै सुमन न्यौपाने र तारा विसी प्रथम, मिलनबाबु परियार र सरिता केसी द्वितीय, रमेश विश्वकर्मा र तारा गडाल तृतीय र अमृत परियार र मधु कटुवाल हुन सफल भएका छन्। विजेतालाई नगद पुरुस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद रु. ५२,५५५/-, रु. ३२,५५५/- र रु. २२,५५५/- साथै ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगिता सम्पन्न गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै प्रतियोगिताका निर्माता विश्वास आचार्यले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण महानुभावहरु र संस्थाहरु प्रति पनि हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले आगामी वर्षहरुमा प्रतियोगितालाई निरन्तरता दिने पनि जानकारी गराउनु भयो।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो