Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीको रेसुङ्गामा आज मुर्ति अनावरणसहित मेला लाग्दै



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

प्रेम सुनार, गुल्मी: गुल्मीको प्रसिद्ध धार्मिक क्षेत्र रेसुंगामा तीजको दोश्रो दिन ऋषि पञ्चमीको अवसरमा आज ऋष्य श्रृङ्ग ऋषिको नवनिर्मित मूर्ति अनावरण गरिने भएको छ। रेसुंगा संरक्षण समितिको आयोजनामा प्यूठानको प्रसिद्ध धार्मिक क्षेत्र स्वर्गद्वारी पिठका उत्तराधिकारी बालब्रह्मचारी डा. रुद्रानन्द (ध्रव श्री) बाट उक्त मूर्ति अनावरणको उद्घाटन गरिने भएको हो ।

‘सो अवसरमा विविध सांस्कृतिक साथै धार्मिक प्रवचन समेत हुने भएकाले सम्पूर्ण भत्तजनहरुलाई हार्दिक निमन्त्रणा गर्दर्छौं’ समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले भने । उनले रेसुंगा र स्वर्गद्वारी दुई प्रसिद्ध धार्मिक क्षेत्र जोड्ने जम्घट पनि उक्त कार्यक्रम मार्फत गरिने बताए । उक्त प्रवचनमा गाई, गोरुको धार्मिक महिमाबारे प्रकाश पारेर गौहत्या गर्ने प्रवृत्तिको अन्त्यको प्रयास हुने अध्यक्ष भुसालले बताए । उनका अनुसार गाई, गोरु मनुष्यको सन्देश भगवानसम्म पु¥याउने धार्मिक जनविश्वास रहेको छ ।

भुसालले रीडि संस्कृत विद्यापिठका महिला सहित आम महिलाहरुलाई श्रीपञ्चमी पूजामा सहभागी गराउने कार्यक्रम रहेकाले यस जिल्ला र छिमेकी जिल्ला अर्घाखाँची बाग्लुङ्गसम्मका भक्तजनहरुलाई सहभागिताका लागि अपिल गरेका छन् । सो अवसरमा गर्जुराको नवनिर्मित रेसुंगा पार्क रेसुंगा नगरपालिकाले खोलिदिए झन ठुलो सहभागिता हुने अध्यक्ष भुसालले उल्लेख गरे।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो