Hi-Speed Computer

Awareness Campaign

चेक रिपब्लिकमा हरितालिका तीज तथा दर खाने कार्यक्रम भव्यताका साथ सम्पन्न



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

चेक रिपब्लिक: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर नेपाली समाज पिल्जेन (Pilzen), चेक रिपब्लिकले तीज विशेष दर खाने कार्यक्रम तथा तीज कार्यक्रम चेक गणतन्त्रको पिल्जेन सहरमा भव्यताका साथ सम्पन्न गरेको छ।

एनआरएनए, चेक गणतन्त्रकी प्रवक्ता अम्बिका पाण्डेका अनुसार कार्यक्रममा पिल्जेन संगै चेकका विभिन्न शहरहरुबाट करिब दुई सय नेपालीहरुको सहभागिता तथा जमघटसंगै साना नानीहरु तथा आशा घर्ती मगर, अप्सना अधिकारी, ग्रिषा गाहा मगर, जेनिशा अर्याल, मिरा तामाङ, सृजना पाठक, जुना केसी लगायतको नृत्य तथा प्रमुख अतिथि एनआरएनए, चेक रिपब्लिकका अध्यक्ष बैकुण्ठ रायमाझीको गायन, वरिष्ठ उपाध्यक्ष गिरिश कंडेलको गजल तथा एनआरएनए महिला संयोजक मिरा तामाङ र स्वर्णिमाको नृत्य लगायतका थुप्रै रोचक प्रस्तुतिले कार्यक्रम मनोरम बनेको थियो।

Forest
Forest
Ad.

कार्यक्रममा सहभागी इनास पूर्व सचिव सन्तोष खड्काले परदेशमा रहेर पनि आफ्नो संस्कृति संरक्षण गर्ने हेतुका साथ नेपालीहरु मौलिक पोशाकमा सुसज्जित भएर मौलिक तीज गीतमा नाच्ने र दर खाने कार्यक्रममले आफू नेपालमै रहेर कार्यक्रममा सहभागी भएको झल्को आएको बताए। कार्यक्रमका सभापति विष्णु रायमाझीले सबै देश र क्षेत्रबाट यसै गरी मौलिक संस्कृति संरक्षणमा लाग्नुपर्नेमा जोड दिदै पिल्जेन समाजले आगामी दिनहरुमा पनि थप कार्यक्रमहरु अझै विशेष रुपमा निरन्तरता दिने बताउनुभयो। नेपाली कला र संस्कृतिको प्रचारप्रसार र संरक्षणमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वासका साथ आयोजना गरिने कार्यक्रममा सबै नेपालीको साथ र सहकार्य हुनुपर्नेमा पनि आयोजकको आग्रह थियो।

नेपाली समाज पिल्जेनका अध्यक्ष विष्णु रायमाझीको सभापतित्वमा सम्पन्न कार्यक्रममा एनआरएनए, चेक रिपब्लिकका अध्यक्ष बैकुण्ठ रायमाझीको प्रमुख आतित्यथा तथा डायमन्ड केसी, आइसिसी (ICC) सदस्य चिरन्जिवी खड्का, निवर्तमान अध्यक्ष यदुराम पन्थी, वर्तमान महासचिव सन्तु अर्याल लगायत पूर्व तथा हालका कार्यसमिति पदाधिकारीहरुको विशेष सहभागिता तथा सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो। सेप्टेम्बर १० तारिक आइतबारका दिन सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव गौरव आचार्य तथा उपाध्यक्ष मन्जु रिमालले गर्नुभएको थियो।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो