Salime Malika Krishi Farm

Awareness Campaign

रेडक्रस श्रीनगरले मनायो प्राथमिक उपचार दिवस



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

पुष्कर अथक रेग्मी, पाल्पा: नेपाल रेडक्रस सोसाइटी श्रीनगर उपशाखा तानसेनले विश्व प्राथमिक उपचार दिवस मनाएको छ। हरेक बर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिवार विश्व रेडक्रसकर्मीहरूले विश्व प्राथमिक उपचार दिवस मनाउदै आएका छन्।

यही क्रममा श्रीनगर उपशाखा तानसेनले जनता नमुना माध्यमिक विधालयको छात्रावासमा प्राथमिक उपचार दिवस मनाउने क्रममा प्राथमिक उपचार शिक्षा र केही उपचारका विधिहरू विधार्थीहरूलाई सिकाएको छ।

रेडक्रसका प्राथमिक उपचार प्रशिक्षक समेत रहनु भएका पुष्कर राज रेग्मी र संजित थापाले विद्यार्थीहरूलाई प्राथमिक उपचार परिचय, क्षोव, रक्तश्राव, हात भचाइँ र घाटीमा अडकिनुको प्राथमिक उपचार गर्ने सरल तरिका सिकाएका छन्। नेपाल रेडक्रस सोसाइटी श्रीनगर उपशाखाले विभिन्न विद्यालयमा रेडक्रस परिचय र प्राथमिक उपचार शिक्षा प्रदान गर्दै आइरहेको छ।

सिंचाई
Forest
Ad.

कार्यक्रम श्रीनगर उपशाखाका सभापति पुष्कर राज रेग्मीको सभापतित्व, कोषाध्यक्ष विक्रम सिंहको स्वागत, विधालयका शिक्षक अशोक घिमिरेको समन्वय र उपकोषाध्यक्ष संजित थापाको संचालनमा सम्पन्न भएको थियो। प्रशिक्षणमा ४५ जना विधार्थीहरूको सहभागीता रहेको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो