Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा सडेको अवस्थामा बेवारिसे शव फेला



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

डिबी खड्का, गुल्मी: गुल्मीमा सडेको अवस्थामा बेवारिसे शव फेला परेको छ । जिल्लाकाे सत्यवती गाउँपालिका वडा नम्बर ४ काे लुम्दीखोलास्थित वडिगाड खोलाको किनारमा शुक्रबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभाट चौंधरीले जानकारी दिए।

उनका अनुसार, सडेको अवस्थामा शव फेला परेको हुँदा पहिचान गर्न समस्या भइरहेको छ । निजको शवलाई इलाका प्रहरी कार्यालय जोहाङ्गको टोलीले स्थलगत मुचुल्का तयार गरि पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा पठाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो