Salime Malika Krishi Farm

Awareness Campaign

जन कल्याणकारी संस्था जापानले तीज विशेष दर खाने कार्यक्रमको आयोजना गर्ने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

जापान: नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा जन कल्याणकारी संस्था जापानले शुभकामना आदानप्रदान, दर खाने तथा तीज विशेष सांगीतिक कार्यक्रमको आयोजना गर्न गइरहेको छ।

हरेक वर्ष तीजको अवसरमा आफ्ना चेलीबेटीहरुलाई दर खुवाउने कार्यक्रम सहित तीज विशेष सांगीतिक कार्यक्रम गर्दै आएको र कोरोना महामारीले पछिल्लो केहि वर्ष कार्यक्रम सञ्चालन गर्न असहजता भए पनि जन कल्याणकारी संस्था जापानले यो वर्ष आगामी सेप्टेम्बर ११ तारिख सोमबारको दिन कार्यक्रम गर्न लागेको संस्थाका सचिव तेज प्रसाद खरेलले ओझेलका खबर डटकमलाई बताउनुभयो।

‘सेवा नै धर्म हो’ भन्ने मुल मन्त्र सहित स्थापना भएको यस संस्थाले आफ्नो गाउँ-ठाउँ र बस्तीमा शिक्षा, स्वास्थ्य, दीनदुखीहरुको सहाराको केन्द्र बन्दै राहत सेवा जस्ता क्षेत्रमा थुप्रै उदाहरणीय कार्यहरु गर्दै आएको जन कल्याणकारी संस्था जापानले उक्त कार्यक्रममा सहभागिताका लागि समस्त संस्था प्रेमी महानुभावहरु साथै नेपाली दिदीबहिनी तथा दाजुभाईहरूमा गरिमामय उपस्थितिको लागि अपिल पनि गरेको छ।

सिंचाई
Forest
Ad.

कार्यक्रम Saitama ken Kasukabe shi Kasukabe Higashi 2-1-34 Lec plaza, INDIAN RESTAURANT & BAR GANESHA मा राती १० बजेदेखि सञ्चालन हुने बताईएको छ। कार्यक्रममा तीजको अवसरमा शुभकामना आदानप्रदान गरिने र चेलीबेटीहरुलाई दर खुवाउनुका साथै तीज विशेष प्रस्तुतीहरु रहने बताईएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो