काठमाडौं: गायक गोविन्द पौडेल र गाइका लालुमाया कुँवरको ‘किन्न कहा पाइन्छ र माया बजार बजारमा, मन जोडियो मन संग हैन रुप र रंग संग मलाई मन पर्ने तिमी एक हौ हजार हजारमा’ बोलको गीत अहिले निकै चर्चामा आएको छ।
करिब एक वर्ष अगाडी बजारमा आएको उक्त गीत अहिले सामाजिक सञ्जाल टिकटक र फेसबुकमा निकै रुचाइएको छ। गायक पौडेलले एक कार्यक्रममा गाएको एक टुक्का टिकटकमा भाइरल भएको थियो। गीतको शब्द संगीत पनि गोविन्द पौडेलको रहेको छ।
विनोद बाजुरालीको संगीत सयोजन रहेको यो गीतलाई स्टुडियो मालाश्रीले रेकर्ड गरेको थियो। गोविन्द पौडेलको आफ्नै निर्देशन रहेको गीतमा दिव्यानी ओली, अजय शर्मा र बिनिता पोखरेलको अभिनय देख्न सकिन्छ।
करण चैसिरले खिचेको यो भिडियोलाई नविन घर्ति मगरले सम्पादन गरेका हुन् भने गोविन्द पौडेलको आफ्नै अफिसियल युटुब च्यानलबाट एक वर्ष अगाडी बजारमा आएको थियो।