Hi-Speed Computer

Awareness Campaign

एनआरएनए, चेक रिपब्लिकको नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण तथा बुझबुझारथ कार्यक्रम सम्पन्न



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

चेक रिपब्लिक: गैर आवासीय नेपाली संघ (NRNA), चेक रिपब्लिकको नव निर्वाचित पदाधिकारीहरुको पदभार ग्रहण तथा बुझबुझारथ कार्यक्रम अगस्ट ६ तारिकमा सम्पन्न भयो। गैरआवासीय नेपाली संघ, चेक रिपब्लिकको राष्ट्रिय समन्वय परिषदको चुनाव गत जुलाई १६ मा सम्पन्न भएको थियो।

पहिलो पटक भएको मतदान प्रक्रिया अष्ट्रेलियन भोटिङ कम्पनी भेरो भोटिङ मार्फत अनलाईन प्रविधि अन्तर्गत फेस भेरिफिकेसन मार्फत सम्पन्न भएको हो। यो प्रविधि मार्फत चुनाव सम्पन्न गर्ने चेक रिपब्लिक विश्वकै प्रथम राष्ट्र हो। यस प्रविधिबाट घरैमा बसेर भोट हाल्न पाउने हुँदा ९८.७४ प्रतिशत मत खसेको थियो। निर्वाचनमा अध्यक्ष पदका तीन प्रतिस्पर्धी अथवा उम्मेदवार मध्ये बैकुण्ठ रायमाझी भारी मतको साथ विजयी हुनु भएको हो।

Forest
Forest
Ad.

कार्यक्रमको पहिलो सेसनको सभापतित्व निर्वाचन कमिटिका संयोजक डा. चिरञ्जीवी खड्काले गर्नुभएको थियो भने प्रमुख अतिथि गैर आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष डा. बद्री केसी, विशिष्ट अतिथि केन्द्रीय उपमहासचिव राम शरण सिंखडाले जुम मार्फत कार्यक्रममा सम्बोधन गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो। साथै एनआरएनए चेकका पुर्व सल्लाहकार एवं आइसिसी सदस्यहरुले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो।

उक्त कार्यक्रममा निवर्तमान पदाधिकारीहरु अध्यक्ष यदुराम पन्थी, महासचिव गिरिष कंडेल, कोषाध्यक्ष सुजन तिमल्सिना मार्फत नवनिर्वाचित पदाधिकारीहरु अध्यक्ष बैकुण्ठ रायमाझी, महासचिव सन्तु प्रसाद अर्याल, कोषाध्यक्ष रामहरी ढुङ्गेललाई संयुक्त रुपमा निर्णय पुस्तिका तथा कोष हस्तान्तरण गरियो।

कार्यक्रमको दोस्रो सेसन नवनिर्वाचित महासचिव सन्तु प्रसाद अर्यालले गर्नुभएको थियो भने सभापतित्व बैकुण्ठ रायमाझीले गर्नुभएको थियो। कार्यक्रममा नवनिर्वाचित आइसिसी सदस्य उत्तम कुमार आचार्य, वरिष्ठ उपाध्यक्ष गिरिष कंडेल, उपाध्यक्षहरु दुर्गा प्रसाद अर्याल, सुर्य सुवेदी, युवा उपाध्यक्ष विनोद रिमाल, युवा संयोजक अजय घलान लगायतले धन्यवाद मन्तव्य सहित कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो।

Awareness by SKF

उक्त कार्यक्रममा उठेका प्रश्न जिज्ञासाको समाधान एवं वार्षिक कार्ययोजना सहित कार्यक्रमको समापन अध्यक्ष रायमाझीले गर्नु भयो।

यसको साथै कार्यक्रममा नौमती पञ्चेबाजाले कार्यक्रम थप रोमाञ्चित बनेको थियो। स्मरण रहोस्, नवनिर्वाचित अध्यक्ष रायमाझी चेक इनासका संस्थापक अध्यक्ष एवं गुल्मी वामी-विश्व सम्पर्क मञ्चको परिकल्पनाकार तथा नौमती सांस्कृतिक समितिको अध्यक्ष पनि हुनुहुन्छ।

गुल्मी जिल्ला मुसिकोट-७ निवासी सरल स्वभावका रायमाझी, समाजसेवी तथा लोक गायक तथा सर्जक पनि हुनुहुन्छ। विगत १५ वर्ष देखि चेक रिपब्लिकलाई आफ्नो कर्मथलो बनाउँदै आउनु भएको छ। ओझेलका खबर डटकमका प्रमुख सल्लाहकार बैकुण्ठ रायमाझीलाई यस न्यूज पोर्टल परिवारका तर्फबाट हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो