Hi-Speed Computer

Awareness Campaign

गुल्मीमा राष्ट्रिय परिचयपत्रको खात, ८ हजार भन्दा धेरै परिचयपत्र बन्दा ७ सयले मात्रै बुझे



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

डिबी खड्का, गुल्मी: जिल्ला प्रशासन कार्यालय गुल्मीमा ८ हजार ७४ राष्ट्रिय परिचयपत्र तयार पनि लिन आउनेको संख्या भने न्यून रहेको छ।

विसं २०७६ असार ३२ गते तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जिल्ला प्रशासन कार्यालयमा विवरण दर्ता गराएर कार्यक्रमको शुभारम्भ गरेका थिए।

उनले विवरण दर्ता गरेर शुभारम्भ भएपश्चात जिल्लाका १२ वटै स्थानीय तहमा अभियानमार्फत विवरण दर्ता भएको थियो।

Forest
Forest
Ad.

सोही अभियान र जिल्ला प्रशासन कार्यालयमा विवरण दर्ता भएकामध्ये दुई पटक गरी गत वैशाखसम्म ८ हजार ७४ जनाको परिचयपत्र बनेर आए पनि ७५१ जनाले मात्र परिचयपत्र लिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए।

परिचयपत्र बनेर आएको र लिन आउनुहोस् भन्ने म्यासेज सम्बन्धित व्यक्तिको मोबाइल नम्बरमा गए पनि लिन आउनेको संख्या भने न्यून रहेको उनको भनाई छ। विवरण दर्ता गर्दा राखिएको मोबाइल नम्बरमा म्यासेज गएको बताउँदै गैरेले यसको महत्व नबुझेर पनि लिन नआएको हुन सक्ने बताए।

कतिपयको तत्कालीन समयमा दिइएको मोबाइल नम्बर परिवर्तन भएको, सम्बन्धित व्यक्तिको मृत्यु भएको, देशभन्दा बाहिर रहेको र म्यासेज नहेरेका कारणले पनि समस्या भएको हुनसक्ने गैरेको भनाई छ।

परिचयपत्र लिन सम्बन्धित व्यक्ति नै आउनुपर्ने र फिंगर प्रिन्ट दिनुपर्ने भएकाले एकै घरका भए पनि अरु कसैलाई दिन नमिल्ने प्रशासनले जनाएको छ। जिल्लामा हालसम्म १ लाख ७९ हजार ६४८ जनाले विवरण दर्ता गराएका छन्।

Awareness by SKF

राष्ट्रिय परिचयपत्र लागू भइसकेपछि विभिन्न सरकारी एवम अन्य सेवा सुविधासँग आबद्ध गरी नागरिकलाई ई-सर्भिस दिन सकिनेछ। सार्वजनिक सेवा सुविधा ई-सर्भिसमा आवद्ध भई पेपरलेस सेवा सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ।

सुरक्षित, आधिकारिक तथ्यांक र विवरण सहितका सेवा सहज रुपमा पाउन सकिनेछ। जसबाट कर, राजश्व छलीलगायतका आर्थिक अनियमितता नियन्त्रण हुने, तथा वैदेशिक रोजगारको क्षेत्रलाई समेत सुशासित तुल्याउन टेवा पुग्ने, मुलुकमा सुशासन कायम हुने विश्वास लिइएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो