Clean Water Campaign

Awareness Campaign

बसाइँसराइले रित्तिदै गाउँघर: झाडी भए आँगन र पिँढी, १ वर्षमा १ सय ७९ परिवारले छाडे मुसिकोट



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: कतै ढुंगाले त कतै टिनले छाएका चिटिक्कका घर। फराकिला आँगन, घर नजिकै ठुला ठुला बारी। गुजुप्प नभएपनि छिरलिएर बसेको बस्ती । तर ती घरहरु भने सुनसान। कुनैबेला दर्जनौँ बालबालिका हुर्काएको आगनमा अहिले खेल्ने कोही छैन झाडी नै बनेर झार उम्रिएको छ। ती घरहरुले मानिस आउने दिन कुरेर बसेका छन्।

यो शब्दचित्र गुल्मीको मुसिकोट नगरपालिका-८, अर्छुङ गाउँको हो। कुनै बेलाको रमणीय यो गाउँ पछिल्लो समय बसाइँसराइका कारण उजाडिँदै जान थालेको छ । त्यस गाउँका अधिकाशं घरमध्ये दर्जन बढी घरका ढोकामा ताल्चा मारिएको छ । घरको धुरी भत्किएका छन् । आँगन र पिँढीमा झाडी मौलाएको छ । खेतबारीमा वनमारा फस्टाएको छ।

अर्छुङ मात्रै होइन, मुसिकोटका अधिकांश ग्रामीण क्षेत्रमा वैदेशिक रोजगारी, सेवा सुविधाका लागि ठूला सहर र जिल्ला बाहिर बसाइँसराइ गर्नेको सङ्ख्या ह्वात्तै बढेपछि ग्रामीण क्षेत्र खाली हुँदै गएका छन् ।

सिंचाई
Forest
Ad.

४०/४५ घरधुरी रहेको अर्छुङ गाउँका अधिकाशं बसाईसराईका लागि सहर पसेपछि गाउँ सुनसान बनेको स्थानीय शिक्षक कुल बहादुर केसीले बताउनुभयो । गाउँमा रोजगारीका अवसर नहुनु, वैदेशिक रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्य जस्ता समस्याका कारण बसाईँ सर्नेहरु दिनानुदिन बढ्दै गईरहेको उहाँको भनाई छ । “गाउँमा रोजगारी छैन, उपचार गर्न स्तरीय अस्पताल छैन्, खास विकास गाउँमा भएन उहाँले भन्नुभयो, यस्तै अवस्था रहे गाउँ नै शुन्य हुने अवस्था छ ।”

शिक्षादीक्षा, रोजगारी तथा अन्य विभिन्न कारणले सहरबजारमा झर्नेको सङ्ख्या नरोकिएसँगै ग्रामीण बस्तीमा प्रयोगविहीन अवस्थामा रहेका पुराना घर जीणर् भएका छन् । घर मात्रै जिणर् भएका छैनन् आफन्तहरुले जन्म घरप्रति माया मारेको आँगनमा उम्रिएका झाडीले प्रष्ट पारेका छन् ।

मुसिकोट नगरपालिका वडा नं ४ साविकको बडागाउँ गाउँ विकास समितिका विभिन्न ठाउँ पनि बसाईँसराईले रित्तिन थालेका छन् । स्थानीय गुञ्ज कार्कीका अनुसार बेदपानी, वडागाउँ टोल लगायतका ठाउँबाट मानिसहरु अधिक रुपमा बसाईँसरेका छन् ।

भैरहवाको कटैया टोलमा वडागाउँबासीहरुको एउटा गाउँनै बनेको उहाँको भनाई छ । वैदेशिक रोजगारीसगैं आर्थिक रुपमा सम्पन्न भएपछि सेवा सुविधा र विलाशिताको खोजिका लागि अधिकांशले बसाईँसराईँ गरिरहेको उहाँको भनाई छ । गाउँमा दलित समुदायका व्यक्तिहरु भने कम बसाईँसरेको उहाँले बताउनुभयो ।

Awareness by SKF

१ सय ७९ घरधुरीले छाडे मुसिकोट
मुसिकोट नगरपालिकामा गत १ वर्षमा १ सय ७९ परिवारका ७ सय ४२ जनाले बसाईँसरी अन्यत्र गएका छन् । नगरपालिकाको पञ्जीकरण शाखाका अनुसार आर्थिक वर्ष २०७९/०८० मा उक्त संख्यामा बसाईसराईँ भएको छ ।

नगरपालिकाका ९ वटा वडाध्ये सबैभन्दा बढी वडा नं ५ बाट बसाईँसराई गरेका छन् । सो अवधीमा उक्त वडाबाट ३१ घर परिवारका १ सय २९ सदस्यले बसाईँसरेका हुन् । त्यस्तै सबैभन्दा कम वडा नं ३ मा ११ घरपरिवारका ४९ जनाले बसाईँसराईँ गरेको पञ्जीकरण शाखा प्रमुख विष्णु फुल्लेलले जानकारी दिनुभयो ।

त्यस्तै वडा नं १ मा ३० परिवारका १ सय ३१ जना, वडा नं २ मा २६ परिवारका १ सय जना, वडा नं ४ मा १३ परिवारका ५५ जना, वडा नं ६ मा १७ परिवारका ७७ जनाले बसाईँसराईँ गरेका छन् । भने वडा नं ७ मा १४ घरपरिवारका ५६ जना, वडा नं ८ मा २२ घरपरिवारका १ सय जना र वडा नं ९ मा १५ परिवारका ४५ जनाले बसाईँसराईँ गरेका छन् ।

बसाईँसरी आउने २५ परिवार
मुसिकोट नगरपालिका भित्र बसाईँसरी जानेको अनुपातमा बसाईसरी आउनेको संख्या भने न्यून रहेको छ । १ वर्षको अवधीमा जम्मा २५ परिवारका १ सय ११ जना मात्रै नगरपालिका भित्र बसाईँसराई गरी आएका छन् । सबैभन्दा बढी वडा नं १ मा ८ परिवारका २८ जना र सबैभन्दा कम वडा नं ९ मा १ परिवारका २ सदस्य बसाईँसरी आएका हुन् । वडा नं २, ३ र ४ मा भने बसाईँसराईँ आउनेहरुको संख्या शुन्य छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो