Smoking Causes Cancer

१५ वर्षीय बालिकालाई करणी गर्ने बागलुङका एक युवालाई १० वर्ष कैद



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

बागलुङ: बागलुङका एक युवालाई बालिका बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजाय भएको छ।

जिल्लाको ताराखोला गाउँपालिका वडा नं. ५ का २१ वर्षीय प्रकाश भनिने लोकबहादुर घर्तीलाई १५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजाय भएको छ।

जिल्ला न्यायाधिश दिवाकर भट्टको ०८० जेठ २५ गतेको आदेशले घर्तीलाई कैदसँगै ५ लाख रुपैयाँ जरिवाना र २० हजार रुपैयाँ क्षतीपूर्ती फैसला गरेको जिल्ला अदालत बागलुङका इजालाश अधिकृत गंगाधर सापकोटाले जानकारी दिनुभयो।

सिंचाई
Forest
Ad.

०७९ साउन ५ गते विद्यालयबाट फर्किर्दै गरेकी बालिकलाई ताराखोलाको जंगलमा बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ ८ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए । प्रहरीले घर्ती विरुद्ध भदौ ३० गते जिल्ला अदालत बागलुङमा जबरजस्ती करणी कसुर शिर्षकमा मुद्दा दर्ता गरेको थियो।

आरोपित घर्ती जिल्ला अदालत बागलुङको भदौ ३१ गतेको आदेशले पुर्पक्षको लागि जिल्ला कारागार बागलुङमा थुनामा रहेका थिए।

पीडित बालिकाको भदौ ७ गते धौलागिरी अस्पताल बागलुङमा स्वास्थ्य परिक्षण गरिएको थियो।

 

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो