Salime Malika Krishi Farm

Awareness Campaign

मुसिकोट-१ का कृषकलाई आधुनिक मौरीको घार वितरण



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: मुसिकोट नगरपालिका वडा नं १ का कृषकलाई २३ वटा आधुनिक मौरीको घार वितरण गरिएको छ। वडा कार्यालयले १५ मौरीपालक कृषकलाई मगंलबार एक कार्यक्रमकाबीच गोला सहितको आधुनिक मौरीको घार वितरण गरेको हो।

वडा भित्र रहेका कृषकलाई ५० प्रतिशत अनुदानमा २३ वटा आधुनिक मौरीको घार वितरण गरिएको पञ्जीकरण शाखा प्रमुख तथा वडा नम्बर १ का कम्प्युटर अपरेटर विष्णु प्रसाद फुल्लेलले जानकारी दिनुभयो । कृषकहरुले पेश गरेको प्रस्तावका आधारमा कसैलाई १ वटा त कसैलाई २/३ वटासम्म घार वितरण गरिएको उहाँले बताउनुभयो ।

वडा कार्यालय मार्फत चालु आर्थिक वर्ष २०७९/०८० मा विनियोजित १ लाख लागतमा २३ वटा आधुनिक मौरीको घार खरिदगरी किसानलाई वितरण गरिएको उहाँको भनाई छ ।

सिंचाई
Forest
Ad.

व्यावसायिक मौरीपालक किसानलाई प्रोत्साहन दिने उद्देश्यले घार वितरण गरिएको वडाध्यक्ष मोहन घिमिरेले बताउनुभयो । व्यवसायिक मौरी पालन तर्फ यो कार्यक्रम सहायक शिद्ध हुने विश्वास रहेको उहाँको भनाई छ ।

कार्यक्रममा नगर उपप्रमुख गंगा श्रेष्ठ, वडा सचिव हेमकला पौडेल, पञ्जीकरण शाखा प्रमुख तथा वडा नम्बर १ का कम्प्युटर अपरेटर विष्णु प्रसाद फुल्लेल र कृषि प्राविधिक सर्वजित ओली लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो