Smoking Causes Cancer

गुल्मीका स्थानीय तहमा कुल ४ अर्ब ५३ करोड बजेट: सबैभन्दा धेरै मुसिकोट र धुर्कोटमा



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: आर्थिक वर्ष २०८०/८१ को लागि संघीय सरकारबाट गुल्मीमा चार अर्ब ५३ करोड ५० लाख बजेट विनियोजन भएको छ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणमा मुसिकोट नगरपालिकामा सबै भन्दा धेरै बजेट विनियोजन भएको छ । मुसिकोट नगरपालिकामा ४७ करोड ९७ लाख विनियोजन भएको छ।

त्यस्तै दोस्रो नम्बरमा धुर्कोट गाउँपालिका रहेको छ । जिल्लाका अन्य ९ वटा गाउँपालिका र रेसुङ्गा नगरपालिकालाई समेत पछि पार्दै धुर्कोटले ४० करोड २७ लाख रकम ल्याउन सफल भएको छ।

सिंचाई
Forest
Ad.

गाउँपालिकाको राम्रो कार्य सम्पादन ,प्रगति विवरण भएका कारण धेरै बजेट विनियोजन भएको अध्यक्ष भुपाल पोख्रेलले बताए । पोख्रेलको यो दोस्रो कार्यकाल हो।

त्यस्तै रेसुङ्गा नगरपालिकामा ३९ करोड २५ लाख विनियोजन हुँदा , इस्मा गाउँपालिकामा ३२ करोड चार लाख,कालीगण्डकी गाउँपालिकामा ३५ करोड ९० लाख, गुल्मीदरबार गाउँपालिकामा ३२ करोड २१ लाख,चन्द्रकोट गाउँपालिकामा ३६ करोड १३ लाख, छत्रकोट गाउँपालिकामा ३९ करोड ३८ लाख,मदाने गाउँपालिकामा ३३ करोड ७३ लाख,मालिका गाउँपालिकामा ३८ करोड ८२ लाख,रुरुक्षेत्र गाउँपालिकामा ३७ करोड ३७ लाख, सत्यवती गाउँपालिकामा ४० करोड तीन लाख रकम विनियोजन भएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो