Salime Malika Krishi Farm

Awareness Campaign

मुसिकोट-८ र ९ का अगुवा कृषकहरुद्वारा कृषि अवलोकन भ्रमण सम्पन्न



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

हेमनाथ खराल, गुल्मी: मुसिकोट नगरपालिकाका २ वडाहरु वडा नं. ८ र ९ का अगुवा कृषकहरु कृषि अवलोकन भ्रमणका लागि देशका विभिन्न स्थानको भ्रमण गरेका छन्।

वडा नं. ८ को रु. एक लाख, ९ को ७५ हजार र कृषकले रु. १ लाख ३५ हजारमा लगानी उक्त भ्रमण सम्भव भएको बताइएको छ। यि वडाहरु मुसिकोट नगरपालिकाका सबैभन्दा दुर्गम र जिल्लामै सबैभन्दा धेरै बसाईं सराई हुने वडामा चिनिन्छन्। वडा नं. ८ र ९ मा क्रमशः रमेश विश्वकर्मा र भुमा गुरुङ वडाध्यक्ष रहेका छन्।

अवलोकन भ्रमणमा दुवै वडाका वडाध्यक्षहरु कृषी तथा पशु सेवा कर्मचारी लगायत चालिस जना स्थानीय कृषकहरुको सहभागिता रहेको थियो। पहिलो दिनको भ्रमण चिसो हावापानी भएको ठाउँमा नगदे बाली विकास तथा कृषकको उन्नयन कसरी गर्ने भन्ने सम्बन्धमा मुस्ताङ जिल्लाको जोमसोम, मार्फामा कृषि तालिम सम्पन्न भएको थियो। अन्य दिनहरुमा गण्डकी ट्राउट माछापालन, पोखरामा चिसो पानीमा माछा पालन कसरी गर्ने भन्ने सम्बन्धमा रह्यो भने कास्की जिल्लाको लुम्लेमा रहेको कृषी तथा पशुपालन अनुसन्धान केन्द्रमा विभिन्न सिकाइका कार्यक्रम सम्पन्न भएका थिए।

सिंचाई
Forest
Ad.

यसरी नै तनहुँ जिल्लाको बन्दिपुरमा रहेको राष्ट्रिय बाख्रा पालन अनुसन्धान केन्द्रमा अवलोकन साथै ‌विज्ञबाट परामर्श सेवा लिने अवसर पनि भ्रमणकर्ता कृषकले प्राप्त गरेका थिए। अन्तिम चरणमा गोर्खा जिल्लामा रहेको अत्याधुनिक गाइ पालन फर्मको अवलोकन भ्रमण पनि रहेको थियो।

भ्रमणमा सहभागी कृषकका अनुसार यो कृषि तालिम तथा अवलोकन भ्रमण पूर्ण राज्यको लगानीमा नभएर कृषकले स्वत: लगानी गरेर गएको कारण पनि सबैले केहि न केहि सिक्नुपर्छ भन्ने खालको भ्रमण बनेको छ। भ्रमणमा सहभागी एक कृषकले भने, ‘यदि भत्ता सहित सरकारले भ्रमण पठाएको हुन्थ्यो भने हामिले यति चासो राखेर सिक्ने पनि थिएनौँ। अवलोकन भ्रमणको महत्व पनि बुझ्ने थिएनौँ। भ्रमणमा सहभागी हरेक कृषकको ३/३ हजार रुपैयाँ रकम लगानी भएको कारण सहभागी सबैले अवलोकन भ्रमणको महत्व भित्रैबाट महसुस गरेका छौँ।’

Awareness by SKF

भ्रमण टोलीमा स्थानीय कलाकारहरुको समेत सहभागिता रहेको र भ्रमण अवधिभर मनोरञ्जन प्रदान गरेर स्मरणीय बनाउने प्रयास पनि भएको थियो।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया