Hi-Speed Computer

Awareness Campaign

गुल्मीमा जहाज आउँदाको खुशी पहिलोपटक ‘ट्र्याक्टर’ आउँदाकोभन्दा कम



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

प्रेम सुनार, गुल्मी: २०३९ सालतिर गुल्मीको सदरमुकाम तम्घासमा ट्याक्टर आउँदा हेर्नेहरुको भिड लाग्थ्यो। ट्याक्टर चढ्न रहर गर्नेहरु पछाडिबाट झुन्डिने, लड्ने गर्दथे । एकदेखि अर्को टोलमा ट्याक्टर पुग्दा फूलमाला, अबिरले स्वागत गर्दै बाजा तालमा नाचेर हर्ष खुशी मनाउथे। तर अहिले ४० वर्षपछि गुल्मीमा जहाज आउँदा–जादा यिनै गुल्मेलीहरुलाई सामान्य लाग्यो।

शुक्रवार बिहान नेपाल वायु सेवा निगमको जहाजले व्यावसायिक उडान सुरु गरेको रेसुङ्गा विमान स्थलको दृश्य ४० वर्षअघि ट्याक्टर आउँदाको खुशीभन्दा फरक थियो । सबै बेहद खुशी त देखिन्थे तर ट्याक्टर आउँदाको जस्तो भगवाननै आएको जस्तो अनौठोपन कसैमा थिएन । शुक्रवार बिहान नेपाल वायु सेवा निगमको डिएचसी ६ ट्विनटर जहाजले व्यावसायिक उडान सुरु गर्यो । केही दिनअघि बस चढेर काठमाडौं पुगेका गुल्मेलीहरु फर्किदा जहाज चढेर आउँदा खुशी त थि तर उति बेला ट्याक्टर आउँदाको जस्तो अनौठोपन कसैमा नदेखिएको हो।

काठमाडौंबाट १३ जना यात्रु मध्येका एक हुन रेसुङ्गाका अखिलेश्वरप्रसाद पाण्डेय । यात्रुहरु मध्ये पहिलो टिकटकर्ता उनले लामो समयदेखिको सपना पूरा भएकोमा खुशी व्यक्त गरे । इस्मा गाउँपालिका–५ की स्थानीय गीता ज्ञवाली, रेसुंगा नगरपालिका– ४ का धनिश्वर गौतमले बिरामी आमा लिएर फर्किए। उनीहरुमा खुशीको सिमा थिएन । उनीहरुलाइ रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले स्वागत गरेका थिए।

Forest
Forest
Ad.

बिहान ६ः३० बजेको समयमा विमान अवतरण हुनुअघि गुल्मीको आकाशमा विमानले फन्को मार्दा सबैका आँखा उतै थिए । गुल्मेलीहरुलाई जहाज चढ्ने सपना पूरा गराइदिने मुख्य ब्यक्ती हुन् नेकपा एमाले उपमहासचिव तथा पूर्वमन्त्री प्रदिपकुमार ज्ञवाली । उनी संस्कृती तथा नागरिक उड्डयन मन्त्री हुँदा २०६३ सालमा बजेट विनियोजन गरेर रेसुङ्गा बिमानस्थल निर्माणको शिलान्यास उनले नै गरेका थिए । निर्माण कार्य भने २०७१ सालबाट शुरु भएको थियो। ज्ञवालीपछि पहलकर्ता काङ्ग्रेस नेता चन्द्र भण्डारी र हालका प्रदेश सांसद तथा तत्कालिन मेयर डिल्लिराज भुसाल थिए। त्यस्तै माओवादी केन्द्रका नेता सुदर्शन बराल, नेकपा एसकी सचिव रामकुमारी झाँक्री लगायत दलका दलका विभिन्न नेता तथा जनप्रतिनिधिहरुले निर्माण कार्यमा एकजुट भएर लागेका थिए। बिमानस्थल निर्माणको जिम्मा पाएका हरिकुमार श्रेष्ठले सबैको पहलमा निर्माण कार्य सम्पन्न गर्न सकिएको बताए ।

निर्माणको काम ढिलाइ हुँदा नेता ज्ञवालिले चर्को आलोचना खेप्नु परेको थियो । बिमानस्थल निर्माणको पहिलो श्रेय ज्ञवालीलाई गएपनि व्यावसायिक उडान गराउन लागि पर्ने रेसुङ्गा नगरपालिका मेयर खिलध्वज पन्थी हुन् । उनले गुल्मेलीहरुका लागि आजको दिन ऐतिहासिक दिन भएको बताए।

मेयर पन्थी, त्यस नगरपालिका वडा नम्बर–७ का पूर्व वडाध्यक्ष मोहनप्रसाद पाण्डे, संचारकर्मी भुवन भुसालसहित १४ जना गुल्मीबाट पहिलो उडान यात्रुका रुपमा शुक्रबार ७.४५ बजे काठमाडौं उडेका थिए।

रेसुङ्गा नगरपालिका–१० सिमिचौरको थालेमा निर्माण भएको रेसुंगा विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजले १५ वैशाख ०८० मा परीक्षण र २४ पुस ०७९ मा ‘प्रुभिङ फ्लाइट’ र २५ जेठ ०७५ मा तारा एयरले कच्ची धावनमार्गमा सफलतापूर्वक परीक्षण उडान गरेको थियो। ५२० मिटर लम्बाइ र २० मिटर चौडाइको बिमानस्थल करिव ३३ करोड लागतमा सम्पन्न भएको हो।

Awareness by SKF

हप्ताको दुई पटक व्यावसायिक उडान गर्ने नेपाल वायु सेवा निगमसँग सम्झौता भए पनि हाललाई हरेक हप्ताको शुक्रवार बिहान ६.३० बजेको समयमा काठमाडौंबाट र ७.४५ बजे गुल्मीबाट काठमाडौं उडान हुने तालिका रहेको छ । पछि हप्ताको दुई पटक नै उडान गर्ने बताइएको छ।

रेसुङ्गा विमानस्थलमा व्यावसायिक उडान सुरु भएपछि पाल्पा, अर्घाखाँची, प्युठान र बाग्लुङ्गसम्मका जनता लाभान्वित हुने भएका छन । १३ देखि २४ घन्टासम्मको गुल्मी काठमाडौं सडक यात्रा अब जहाजमा जम्मा ४५ मिनेटमा हुने भएको छ । जाँदा ६ हजार ३ सय र काठमाडौंबाट आउँदा ६ हजार ५ सय भाडादर रहेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया