Place for ads

Awareness

रेसुंगामा धार्मिक महामहोत्सव: भारतीय साधुसन्तले यज्ञशाला भरिभराउ



ओझेलका खबर संवाददाता
१२ महिना अगाडि


Place for ads

टोपलाल अर्याल, गुल्मी: गुल्मीको रेसुंगामा धार्मिक महोत्सव सुरु भएको छ। अयोध्यादेखि रेसुंगासम्मको सम्बन्ध विस्तारको लागि शनिबारबाट श्रीराम महायज्ञ कथा वाचन महामहोत्सव तथा विराट सन्तभक्त दर्शन सुरु भएको छ। मेलाको विश्व हिन्दु महासंघका केन्द्रिय अध्यक्ष डाक्टर रामचन्द्र अधिकारीले उद्घाटन गरे।

धार्मिक महोत्सव तथा सन्त सम्मेलन ३१ बैशाखसम्म संचालन हुने रेसुंगा संरक्षण समितिले जनाएको छ। रेसुंगाको सम्बन्ध त्रेता यूगदेखि अयोध्यासंग छ। तर, रेसुंगा र अयोध्या बिचको धार्मिक सम्बन्ध प्रगाढ बन्न सकिरहेको छैन् । अयोध्याबाट आएका योगी शम्भुनाथ जी महाराजले रेसुंगा क्षेत्रलाई धार्मिक गन्तव्यको रुपमा विकास गर्न आफुले सहयोग गर्ने बताए।

Get Vaccinated

उनले आयोध्याका राजा दशरथलाई सन्तान प्राप्तीको लागि रेसुंगाका ऋष्यश्रृङ्गे क्रृषिले खेलेको भूमिका भारतमा व्यापक रुपमा प्रचार भएपनि रेसुंगा क्षेत्र पछि पर्नु दुर्भाग्यको विषय भएको बताए । यो धार्मिक महोत्सव तथा सन्त सम्मेलनले रेसुंगाको अयोध्यासंग त्रेतायुगदेखिको सम्बन्ध विस्तारसंगै साधु सन्तहरुको आवत–जावतमा बृद्धि गराउने विश्वास शम्भु जी महाराजले व्यक्त गरे । धार्मिक महोत्सवमा योगी शम्भुनाथ जी महारा, स्वामी राजेन्द्रनन्द जी महाराज लगायत दुई दर्जन साधु सन्तद्धारा महायज्ञ संचालन गरिएको रेसुंगा संरक्षण समितिका सचिव गोपाल पन्थीले जानकारी दिए ।

रेसुंगा किन र कसरी जाने?

रेसुंगा गुल्मीको पहिचान हो । काखमा सुन्दरनगरी तम्घास बजार । नजिकै उभिएको अर्जुन डाँडा । पहिलो पटक गुल्मी घुम्न आउनेहरु लोभिएर फर्किन्छन् । सदरमुकाम तम्घासबाट उक्लिएपछि १० मिनेटमा गर्जुरा पुगिन्छ । गर्जुरा पार्क आफैमा रमणीय स्थल हो । नजिकै देखिने तम्घास बजार र उत्तरका हिमश्रृङखला तथा दक्षिणमा अर्जुनसहितका मनमोहक गाउँहरु हरेकका मोवाइल र क्यामेरामा कैद गर्न लायक छन् । गर्जुराबाट १० मिनेटमा रेसुंगा पोखरी पुगिन्छ।

Awareness by SKF

महाप्रभु लक्ष्मीनारायणले गुल्मी र अर्घाखाँचीका जनताहरुको सहयोगमा बनाएको ठूलो पोखरी रेसुंगामा छ । विभिन्न तीर्थस्थलहरुबाट जल र बालुवा ल्याई मिसाएर पोखरीको निर्माण गरेको मानिन्छ । रेसुंगाको पोखरी प्राचीन कालदेखिनै पवित्र तीर्थस्थलको रुपमा रहेको छ । आर्कषक सिंडीहुँदै यज्ञशाला उक्लिदा मन झ्न आनन्दित र प्रफुल्लित बन्छ । यदुकानन्दले वि.सं. १९८३ मा बनाएको यज्ञशाला रेसुंगामा छ । सुनको गजुर र तामाको छाना भएको प्यागोडा शैलीमा निर्मित यज्ञशाला रेसुङ्गाकै सबैभन्दा ठूलो मन्दिर हो।

यो आन्तरिक तथा बाह्य पर्यटकको लागी निकै आर्कषक रहेको छ । यज्ञशाला भित्र भएको हवन कुण्डमा यद्यपी अखण्ड धुनी प्रज्वलित छ । त्यस्तै सवैभन्दा पुरानो सिद्धको मन्दिर रेसुंगामा छ । त्यस्तै स्वामी शशिधरको समाधीस्थल, विष्णु पादुका र लक्ष्मीनारायणको समाधी स्थल पनि रेसुंगामा रहेको रेसुंगा संरक्षण समिति अध्यक्ष सुरेश भुसालले बताए।

सिद्ध मन्दिरको दक्षिणतिर पर्खालले घेरिएको झाँक्रीस्थान छ । यसको बिचमा मौलो रहेको छ । मौलोमा साउनमा पाठाहरु बली दिने चलन छ । त्यहाँ बस्नेतहरुको कुलपूजा हुने गर्दछ । तम्घासदेखि करिव एक किलोमिटर उकाले हिंडेपछि मैराक्षेत्रमा पुगिन्छ । रेसुंगाको शिरमै रहेको भ्यू टावरबाट गुल्मीसहित छिमेकी जिल्ला र उत्तरका मनमोहक हिमश्रृङखला देख्न सकिन्छ । रेसुङ्गाको पश्चिमपट्टी रेसुङ्गासँग आम्ने साम्ने उभिएको अर्जुन डाँडाले पनि तम्घास पहिलो पटक आउने अचम्मित हुन्छन्।

COVID-19

यो डाँडा अत्यन्तै रमणिय रहेको छ । पाण्डवहरु महाभारतको युद्धपछि स्वर्गद्वारी जाने क्रममा एक भाई अर्जुन माथि डाँडामा गई वसेकोले डाँडाको नाम अर्जुन रहन गएको भन्ने किम्वदन्ती छ । त्यहाँ अर्जुन भगवतीको बिशाल मन्दिर छ । मन्दिरमा वडा दशै, चैते दशै, हरेक आईतवार र मंगलवार पुजा गरिन्छ । अर्जुन डाँडाको दक्षिण पाखामा एउटा रमणिय गुफा छ ।

रेसुंगामा बिशेष गरेर दुई ठुला एकादशी र साउनभर ठुलो मेला लाग्ने गर्दछ । रेसुंगा पोखरीमा नुहाने तथा मैरीमा पुजा गर्नको लागि गुल्मीसहित पाल्पा, अर्घाखाँची, बाग्लुङ्ग र प्युठानका श्रद्धालु भक्तजनहरुको उपस्थिती हुने गर्दछ । पोखरीमा नेपालका चार धामको पानी मिसिएकाले एकादशी र साउनमा नुहानेहरुको घुइँचो हुने गर्दछ । रेसुंगा पोखरी, यज्ञशाला, गौशाला, सिद्ध मन्दिर, भ्यु टावर लगायतका धार्मिक तथा पर्यटकीय स्थल भएकाले पनि युवायुवतिहरुको घुइँचोनै लाग्ने गरेको छ । भने श्रृङ्गे क्रृषिसंगको जोडिएको पाँच हजार बर्ष पुरानो धार्मिक तथा ऐहिहासिक महत्व भएकाले रेसुंगामा भक्तजनहरुको आस्था वढ्दै गएको रेसुंगा संरक्षण समिति सचिब गोपाल पन्थीले बताए ।

रेसुंगा क्षेत्र सिद्ध, तपो, अमृत, देवभूमि र ऋष्यश्रृङ्गे क्रृषिदेखि दशरथ राजासंगको सम्बन्ध महाभारत र विभिन्न ग्रन्थहरुमा उल्लेख भएपनि सोहि अनुसार प्रचार भएन् । जसका कारण रेसुंगाको ऐतिहासिकता गुम्राहामा प¥यो । स्थानीय तहपहिले रेसुंगाको सोचे अनुसारको विकास भएको थिएन् । बल्लबल्ल गाडीको जोखिम मोलेर पुग्ने स्थिती थियो । संरचना निर्माणको कामले गति लिएको थिएन् । भने भएकै संरचना जोगाउन रेसुंगा संरक्षण समितिलाई मुस्किल परेको थियो ।

सुविधा सम्पन्न होटल नभएका कारण सदरमुकाम आएका पर्यटक पनि रेसुंगा पुग्दैन्थ्ये । तर, सडकको स्तरबृद्धि, होटल संचालन साथै रेसुंगामा भएको भौतिक विकासले नागरिकको नयाँ आशा जागेको छ । सुरुबाटनै रेसुंगा क्षेत्रको विकासमा जिल्लाका नेता र नेतृत्वले सोचेको भए जिल्लाको प्रमुख आम्दानीको श्रोत रेसुंगा बन्थ्यो । त्यसैले अझै पनि तिनै तहका सरकारको ध्यान रेसुंगाको धार्मिक तथा ऐतिहासिक विकासमा प्रयाप्त हुनुपर्नेमा सरोकारवालको जोड छ । गुल्मीको धार्मिक तथा ऐतिहासिक क्षेत्र रेसुंगा पछिल्लो समय थप आकर्षित बन्दै गएको छ।

त्यतिकै पनि रेसुंगा प्राकृतिक रुपले सुन्दर र रमणीय छ । त्यसैमाथी निर्माण भइरहेका भौतिक संरचनाले रेसुंगा क्षेत्रको आकर्षण अझै बढ्दै गएको छ । रेसुंगा क्षेत्रमा पोखरीदेखि यज्ञशालाहुँदै भ्यु टावरसम्म निर्माण भएको आर्कषक पैदल मार्ग (सिँडी)ले रेसुंगाको गरिमा बढाउनुको साथै आन्तरिक तथा बाह्य पर्यटकको समेत बृद्धि गरेको छ । अझै पैदल मार्गको दुवै पट्टी फलफुल, मध्ये भागमा आर्कषक मैरो निर्माण, राम कुवाको संरक्षण तथा विभिन्न ठाउँमा बगैचा निर्माणको लगायतका संरचना निर्माणको काम पुरा गर्नुपर्नेछ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया