Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मी अस्पतालमा सुधारको माग गर्दै बुझाइयो ध्यानाकर्षण पत्र



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

अनिल खत्री, गुल्मी: अस्पतालमा विभिन्न सेवा सुविधा सुधार र थपको माग गर्दै उपभोक्ता हित संरक्षण मंचले गुल्मीले गुल्मी अस्पताललाई ध्यानाकर्षण पत्र बुझाएको छ। उपभोक्ता हित संरक्षण मञ्च गुल्मीका अध्यक्ष केशरबहादुर थापाले अस्पताल विकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डेलाई एक कार्यक्रमका बिच ध्यानाकर्षण पत्र बझाएका हुन् ।

उपभोक्ताको हित, बस्तु र सेवाको स्वच्छता, गुणस्तरीयता सहजताको हुनुपर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाएको हो । उपभोक्ता र सेवाग्राहीले सहज र शुलभ तरीकाले सेवा पाउँन भन्ने उदेश्यले अस्पतालमा बिभिन्न विषयमा ध्यानाकर्षण गरिएको संस्थाका अध्यक्ष केशर बहादुर थापाले बताए ।

उपचारका लागि भर्ना भएका विरामीले पाउदै आएको खाना–खाजा गुणस्तरीय, स्वस्थ्य र सफा हुनु पर्ने, कम्पाउण्ड, विरामी कक्षहरु र शौचालय र पानीका धाराहरु स्वस्थ्य र मैलाको अविलम्व व्यवस्थापन गर्नु पर्नेमा ध्यानाकर्षण गराइएको छ । त्यस्तै ओपिडी, इमेजेन्सी र ल्याब सेवा सहज, शुलभ र छिटो छरिता बनाउनु पर्ने, स्टार भवनलाई पार्टेशन गरी प्रयोगमा ल्याउन ल्याउन पर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

सिंचाई
Forest
Ad.

अस्पतालको खोला साइडमा तारजाली वा पखालले परिसर घेर्ने, सर्भर र इकोरुमको एरिया फराकिलो बनाउने माग राखिएको छ । त्यस्तै चौविसै घण्टा गुणस्तरीय पानी र विद्युत आपूर्तिको लागि भरपर्दो व्यवस्था मिलाउन पर्ने, प्रसती कक्ष सफा र उछारिलो बनाउने ,जेष्ठ नागरिक, अपाङगता, गर्भवती महिलालाई दिने सेवा अझ धेरै सहज बनाउनु पर्ने माग गरेका छन् ।

ब्रेस्ट फिडिङ कक्षलाई व्यवस्थित गर्ने, डायलासिस सेवाको व्यवस्था यथा शिघ्र शुरु गर्नु पर्ने, उपभोक्ता र स्टाफका लागि चिसो तातो र सफा पानीका लागि फिल्टरको व्यवस्था मिलाउन पर्ने जस्ता माग राखिएको छ । अस्पतालले दिदै आएको सेवा विगतको तुलनामा धेरै संधार भएको उल्लेख गरिएको छ ।

ध्यानाकर्षण पत्र बुझ्लै अस्पताल विकास समितिका अध्यक्ष पाण्डेले अस्पताल सुधारका लागि दिइएको सुझाव मनन गरेर अगाडी बढने बताए । गुल्मी अस्पताललाई सबैको भरपर्दो अस्पताल बनाउन सबैपक्षको सहयोग सुझाव आबश्यक रहेको पाण्डेले बताए। -गुल्मी अपडेट

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया