Hi-Speed Computer

Awareness Campaign

पानी परेपछि रुरुक्षेत्रका किसानलाई मकै छर्ने चटाराे



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

कृष्ण अन्जान, गुल्मी: लामाे समय पछि बुधबार गुल्मीकाे रुरुक्षेत्र र आसपासका गाउँहरूमा खेतबारी लतक्क भिज्ने गरि पानी परेसँगै किसानहरुलाई मकै छर्ने चटाराे शुरु भएकाे छ।

बुधबार अपरान्ह देखि परेकाे पानी मध्यरात सम्म परेपछि बारीमा मकैछर्न मिल्नेगरि हाल भएकाे छ ।

रुरुक्षेत्रका किसान हरुले चैत्रकाे आधाआधि देखि बैशाख महिनाकाे पहिलो हप्ता सम्म बारीमा मल फाल्छन र जाेतेर मल पुरेर मकैछर्न वारि ठिक्क पार्छन।

Forest
Forest
Ad.

सिँचाइकाे सुविधा नभएकाले बलेटक्सार ,बम्घा ,थाेर्गा ,च्यूरेक, ग्वादीकाे उपल्लो भाग ,लामाखर्क ,भट्कुवा क्षेत्रमा मकै छर्न आकाशे पानी कुर्नु पर्छ र बुधबार परेकाे पानीले अब किसान हरु मकै छर्न कँसिएका छन।

रुरुक्षेत्र १ पिपलमुनिका दिनानाथ ज्ञवाली विहिवार बिहानै जाेत्ने खाेज्न हिँडेको भेटिए ।

पानी मज्जाले पर्याे मकै त छरिहाल्नु पर्याे उनले भने। गाउँ घरमा गाेरुपाल्ने हरु त्यति छैनन ,मकै छर्न पनि गाेरुकाे पालाे पर्खनु पर्ने हुन्छ ।

गाउँभरिमा एकदुई जनाले गाेरु पालेका छन र मकै छर्ने बेलामा जाेत्नेकाे तानातान हुन्छ। गाउँ घरकाे सम्माे बारीमा जाेत्न टेक्टरकाे प्रयाेग भएपनि मकै छर्न भने गाेरुले जाेताउन जाति मान्छन यस क्षेत्रका किसानहर।

Awareness by SKF

रुरुक्षेत्रकाे मुख्य बाली मकै हाे र यहि मकै खेतिमा यहाँका किसानहरु आकर्षित छन ।

मकैकाे प्रयाेग गाई भैँसिका लागि कुँडाेकाे रुपमा प्रयाेग त हुन्छ नै यसकाे आटाे ,पिठाे ,सातु ,राेटी सबै बनाएर प्रयाेग हुन्छ ।

मकै पिसेर छिन्के पछि आटाे बन्छ र याे आटाे खान्कीकाे रुपमा प्रयाेग गर्छन यस क्षेत्रका किसान हरु । मकैकाे काँत्रा पारेर पिसेपछि मकैकाे राेटि ,भुटेर पिसेपछि सातु ,यसैगरी हरियाे हुँदा उसिनेर पाेलेर र मकै भुटेर खान सकिने एउटा बहुआयामिक खान्कीकाे रुपमा मकै प्रयाेग हुने भएकाले पनि मकै वास्तव मै अनिकालकाे खान्कि भन्दा फरक पर्दैन ।

याे क्षेत्रमा स्थानीय जातकाे पहेंलो मकै लगाउने चलन छ भने पछिल्लो चरणमा अत्यधिक फल्ने भएकाले उन्नत जातकाे मकै पनि लगाउन थालिएकाे छ । मकै सँगै मकैखेति भित्र बाेडि ,फर्सि ,सिमी ,तितेकरेला पनि किसाहरुले लगाउँछन ।

बैशाखमा छरेकाे मकै साउने सक्रान्तिमा चढाएपछि पाेलेर खाने लायक हुन्छ र भदौमा त मकै थन्काउने काम हुन्छ।

भदौ ताक एकसय पचास रुपैयाँ पाथि बिक्ने मकै चैत्र बैशाखमा आईपुग्दा दुईसय पचास पाथी सम्ममा बेचेको यहाँका किसान हरु बताउँछन् । आजभोलि मकैकाे आटाे, सातु, काँत्राकाे पिठाे, भुटेर खाने मकै शहर तिरका आफन्त कहाँ पनि पाहुरकाे रुपमा पठाउने गरिएकाे छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया