Awareness

वर्षाले फेरि रोकियो नेपाल र यूएईबीचको खेल

खबर खेलकुद खबर

Place for ads

काठमाडौं: एसीसी पुरुष प्रमियर कप क्रिकेटअन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल वर्षाका कारण फेरि रोकिएको छ।

त्रिवि क्रिकेट मैदानमा २७ ओभरको बलिङ चलिरहँदा युएईले ९ विकेट गुमाएर १०६ रन बनाएको छ। सोही ओभरमा युएईले नवौं विकेट गुमाएको छ। नेपालका बलर ललित राजवंशीले लगातार २ विकेट लिए।

Get Vaccinated

राजवंशीले २७औं ओभरको दोस्रो बलमा ४६ रन बनाएर खेलिरहेका आसिफ खानलाई आरिफ शेखबाट क्याचआउट गराए भने तेस्रो बलमा जाहूर खानलाई आरिफबाटै क्याचआउट गराए। योसँगै ललितले ४ ओभर बलिङ गरेर ३ विकेट लिएका छन्।

नेपालका लागि अहिलेसम्म ललितले ३, करण केसी र सन्दीप लामिछानेले २–२ तथाा सोमपाल कामी र गुलसन झाले १–१ विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *