Awareness

मालिकाका शिक्षकलाई सेवा प्रवेश तथा एकीकृत पाठ्यक्रम सम्बन्धि प्रशिक्षण

खबर शैक्षिक खबर

Place for ads

गुल्मी: मालिका गाउँपालिकाका ८० जना शिक्षकलाई सेवा प्रवेश तथा एकीकृत पाठ्यक्रम सम्बन्धि दुई दिने प्रशिक्षण दिईएको छ ।

१५ जना नव प्रवेशी शिक्षक र ६५ जना प्रावि तहका शिक्षकलाई प्रशिक्षण दिईएको शिक्षा शाखाका प्रमुख भुम घर्ती मगरले बताए ।

Get Vaccinated

प्रशिक्षार्थीहरूलाई एकीकृत पाठ्यक्रम ,निरन्तर विद्यार्थी मुल्यांकन लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । त्यस्तै नव प्रवेशी शिक्षकलाई शिक्षण पेसाका चुनौती ,समाधानका उपाय,शैक्षिक गुणस्तर वृद्धि ,सहज शिक्षण सिकाईका विधि लगायतको बारेमा प्रशिक्षण दिईएको शिक्षाका सुरज जिसीले उल्लेख गरे ।

तालिमको सहजीकरण शिक्षक वासुदेव घिमिरे र केशब राज पराजुलीले गरेका थिए ।

मालिका गाउँपालिकाले यस वर्ष शैक्षिक सुधार वर्ष घोषणा गरेको छ । घोषणा कार्यक्रमलाई प्रभावकारी र ब्यवहारमा लागू गर्न शिक्षक तथा विद्यार्थी प्रोत्साहन ,विभिन्न किसिमका प्रशिक्षणका कार्यक्रमको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत विकास खनालले बताए। -गुल्मी अपडेट

Leave a Reply

Your email address will not be published. Required fields are marked *