पाल्पा: बि. सं. २००४ सालमा स्थापित पश्चिमाञ्चल क्षेत्रको पहिलो हाइस्कूल पद्म पब्लिक नमुना माध्यमिक विद्यालय तानसेनको बिधालय व्यवस्थापन समितिको अध्यक्षमा सम्बन्धित वडा तानसेन ३ कै स्थानिय वासिन्दा , समाजसेवी,शिक्षासेवी, बुद्धिजीवी ,लेखक,साहित्यकार पुष्कर राज रेग्मी सर्वसम्मतबाट चयन भएका छन् । मिति २०७९ चैत्र २७ गते बिधालयमा भएको अभिभावक भेलाबाट रेग्मी अध्यक्षमा चयन भएमा हुन् ।
विद्यालयको अध्यक्षमा चयन भएका पुष्कर राज रेग्मी प.प.मा.वि.का पूर्व बिधार्थी , पूर्व शिक्षक र पहिलो अक्षयकोषदाता समेत हुन । कक्षा ३ देखि कक्षा १० सम्म नियमित यसै बिधालयमा पढेका रेग्मीले २०४२ सालको एस एल सी परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेका थिए । बिधालयमा स्वयंसेवक शिक्षकको रूपमा कार्यरत रेग्मीले २०४४ फागुनदेखि बिधालमै नियुक्ति पाई २०५३ सालसम्म शिक्षण सेवा गरेका थिए ।
शिक्षणकार्यको संगसंगै रेग्मीले बिधालयमा रेडक्रस , स्काउट र अतिरिक्त क्रियाकलापको समेत जिम्मेवारी लििई प्रभावकारी ढंगले कार्यसम्पादन गरेका थिए । खेल तथा पिटी खेलाउने , स्काउटिङ क्रियाकलाप गराउने,भित्ते पत्रिका निकाल्ने , शैक्षिक भ्रमण लैजाने जस्ता कार्य गरि बिधार्थीहरूबिच अतिनै लोकप्रिय भएका थिए ।रेग्मीको शिक्षक नायकत्वकालमा बिधालयलृे जिल्ला स्तरीय जुनियर रेडक्रस सर्कलको गोष्ठी समेत अायोजना गरेको थियो । रेग्मीले बिगत ५ बर्षयता प.प.मा.वि.२०४२ साल समुहका बिधार्थीहरू भेला गर्दै समेत आएका छन् ।
करीब २५ बर्षसम्म शिक्षण सेवामा सम्लग्न रही रेग्मी सेन माध्यमिक विधालय तानसेनकाट २०६९ सालमन सेवानिवृत भइ क्याम्पस सेवामा प्रवेश गरेका थिए ।। लामो समयसम्म तानसेन बहुमुखी क्याम्पसमा सहायक क्याम्पस प्रमुख रहेका रेग्मी हाल तानसेन बहुमुखी क्याम्पसको गरिमामय क्याम्पस प्रमुखको पदमा रही नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् ।
प.प.मा.वि.बाट एस एल सी, त्रिभुवन बहुमुखी क्याम्पसबाट व्यवस्थापनमा स्नातक र केन्द्रीय क्याम्पस कीर्तिपुरपुरबाट शिक्षा योजना तथा व्यवस्थापन बिषयमा एम एड उतीर्ण गरेका रेग्मी पत्रकार ,मानवअधिकारकर्मी र साहित्यकार समेत हुन् । रेग्मीले कथा कविता गजल नाटक प्रबन्ध उपन्यास जीवनी शैक्षिक पुस्तक अादि गरी करिव दुई दर्जन जति कृतिहरू प्रकाशित गरिसकेका छन् । स्थानिय देखि राष्ट्रिय स्तरका पत्रपत्रिकामा समेत रेग्मी लेख रचनाहरू प्रकाशित हुँदै अाएकन छन् ।
माानव अधिकार तथा शान्ति समाज पाल्पाका पूर्व अध्यक्ष र पूर्व केन्द्रीय सदस्य समेत रहेका रेग्मीले मानव अधिकारको क्षेत्रमा ३ पटकसम्म पाल्पालाई राष्ट्रिय पुरस्कार प्राप्त गर्ने जिल्ला शाखा बनाएका थिए ।रेग्मीले नेपाल नागरिक समाज पाल्पा , रेडक्रस पाल्पाको श्रीनगर उपशाखा, शीत काव्य समाज नेपाल, शिक्षा स्वास्थ तथा साहित्य प्रतिष्ठान र पाल्पा साहित्य समाजको नेतृत्वदायी पदमा रही कुशल कार्यसम्पादन गर्दै अाएका छन् ।
हाम्रा सम्वादाताले सम्पर्क गर्दा रेग्मी भन्छन्, ” आफूले पढेको र पढाएको विधालयमा अध्यक्ष हुन पाउँदा अपूर्व खुशी लागेको छ । अध्यक्ष चयन गर्नुहुने र सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । बिधालयमा भएका साधन र स्रोतको प्रयोग गरी गुणस्तर बिकासमा पहिलो ध्यान केन्दित रहनेछ । बिधालयमा पढेका र पढाएका अग्रज अनुजहरूसंग समन्वयगर्ने , स्थानियअभिभावक एवं सरोकारवालाहरूको साथ सहयोग र समर्थन सहित सम्पूर्ण शिक्षक शिक्षिकाहरू समेत भई योजना बनाइ बिधालयको शैक्षिक बिकासमा कार्यसम्पादन केन्द्रीत रहनेछ ।” रेग्मी अहिले जिल्लाकै पुरानो विधालयको अध्यक्ष भएका छन् । समितिमा यानीसरा हिस्की,अजिमूल्लाह ठाकुर,ठकुमाया रूचाल, तिलिसरा बारघरे,हुमा सूर्यवंशी, बाबुरत्न शाक्य (वडा अध्यक्ष ), नारायण प्रसाद शर्मा (सदस्य सचिव)रहेका छन्। विद्यालयमा चित्रबहादुर कुमालको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ समृत गठन भएको छ । । रेग्मीको नेतृत्वदायी भूमिकामा विधालयले अग्रगामी शैक्षिक विकासात्मक गति लिन सकोस्।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










