Salime Malika Krishi Farm

Awareness Campaign

मालिकामा ६१ हजार राशिको खुल्ला भलिबल प्रतियोगिता हुँदै



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

 गुल्मी: गुल्मीको मालिका गाउँपालिकामा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ।

“खेल खेलाैँ, स्वस्थ बनाैँ मालिका बासिकाे सान कला संस्कृति संरक्षण हाम्राे पहिचान” भन्ने मुल नाराका साथ स्थानीय न्यु मालिका युवा क्लबले भलिबल प्रतियोगिता सहित विविध कार्यक्रमको आयोजना गरेको हो।

खुल्ला भलिबल प्रतियोगितामा प्रथम हुनेले ६१ हजार एक सय ६१ नगदसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै द्वितीय हुनेले ४१ हजार एक सय ४१ मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष लोकेश गिरीले जानकारी दिए।

सिंचाई
Forest
Ad.

त्यस्तै स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सँराय नाच प्रतियोगिताको पनि आयोजना गरिएको छ।

जसमा प्रथम हुने समूहले नगद ५,५५५ र प्रमाणपत्र प्रदान गरिने छ। त्यस्तै द्वितीय स्थान प्राप्त गर्ने समूहले नगद रु.३,३३३ र प्रमाणपत्र प्रदान गरिने छ।

साथै व्यक्तिगत रुपमा उत्कृष्ट सँराय नाच नाच्ने १५ जनालाई मायाकाे चिनाे प्रदान गरिने आयोजकले जनाएको छ।

त्यस्तै एकल नृत्य तर्फ प्रथम हुनेले ४,४४४ प्रमाणपत्र प्राप्त गर्दा, द्वितीय हुनेले ३,३३३ र तृतीय हुनेले २,२२२ नगद सहित प्रमाणपत्र प्राप्त गर्ने छन।

Awareness by SKF

प्रतियोगिता चैत १३,१४ र १५ गते मालिका गाउँपालिका वडा नम्बर ४ र ५ को संगम स्थल सैरेपोखरामा सञ्चालन हुनेछ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया