गुल्मी: गुल्मीको सत्यवती गाउँपालिकाका किसानलाई कृषि औजार प्रदान गरिएको छ। गाउँपालिकाको समन्वयमा कृषि ज्ञान केन्द्र गुल्मीले निःशुल्क कृषि औजार वितरण गरेको हो।
बिहिवार वडा नम्बर आठ भार्सेका किसानलाई पाँच/पाँच वटा हाते ट्याक्टर, कुटानी पिसानी मेशिन (मिल), एउटा मकै छोडाउने मेशिन र १५ वटा त्रिपाल प्रदान गरिएको सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले जानकारी दिए।
कृषि ज्ञान केन्द्र गुल्मीले सत्यवती मकै ब्लक क्रमागत कार्यक्रम अन्तर्गत कृषि औजार वितरण गरेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नमराज भण्डारीले जानकारी दिए । कृषिमा आधुनिकीकरण गरि कृषकको उत्पादन वृद्धि गर्ने उद्देश्यले औजार वितरण गरिएको प्रमुख भण्डारीले उल्लेख गरे।
त्यस्तै गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले कृषि औजारको सहि सदुपयोग गरि उत्पादनमा जोड दिन आग्रह गरेका छन् । बजारीकरणको लागि गाउँपालिकाले सहयोग गर्ने बताउदै उनले किसानालाई ढुक्क भएर उत्पादनमा लाग्न अनुरोध गरेका हुन ।
कृषि औजार पाउँदा किसान पनि खुसी भएका छन्। अघिल्लो वर्ष पनि कृषि ज्ञान केन्द्र गुल्मीले भार्सेका किसानलाई कृषि औजार वितरण गरेको ज्ञान केन्द्रले जनाएको छ। -गुल्मी अपडेट
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







