Smoking Causes Cancer

चन्द्रकोटमा बन्यो दुईवटा वडा जोड्ने ९७ मिटर लामो झोलुङ्गे पुल



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीको चन्द्रकोट गाउँपालिकाका दुई वटा वडा जोड्ने झोलुङ्गे पुलको उद्घाटन गरिएको छ। वडा नम्बर ४ रेमी र वडा नम्बर ६ क्वाङ्गदी गरा जोड्ने झोलुङ्गे पुलको उद्घाटन गरिएको हो।

बिहिवार गाउँपालिका अध्यक्ष युवराज केसीले एक कार्यक्रमका बिच पुलको उद्घाटन गरेका हुन।

क्षेत्रगत कार्यक्रम, चन्द्रकोट गाउँपालिका र स्थानीय उपभोक्ताको श्रमदान सहित ४७ लाख ३९ हजार नौ सय ३४ रुपैयाँ लगानीमा ९७ मिटर लामो पुल निर्माण भएको हो गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालले जानकारी दिए। एक वर्षको अवधीमा पुल निर्माण भएको हो।

सिंचाई
Forest
Ad.

पुलले दुई गाउँको भूगोललाई मात्र नभई दुई गाउँको आर्थिक विकास र कृषिलाई समेत जोडेको गाउँपालिका अध्यक्ष युवराज केसीले बताए।

झोलुङ्गे पुलले क्वाङ्गदी गरा र रेमीकाे दुई विकट गाउँलाई निकट बनाउनुका साथै व्यवसायिक कृषि र पशुपालनकाे क्षेत्रलाई समेत सहज बनाउने अपेक्षा गाउँपालिकाले लिएको छ। -गुल्मी अपडेट

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया