Clean Water Campaign

Awareness Campaign

मुसिकोट नगरपालिकाको आफ्नै लोगो सार्वजनिक



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकाले आफ्नो छुट्टै लोगो (प्रतिक चिन्ह) सार्वजनिक गरेको छ। स्थानीय सरकारले आफ्नो पहिचान झल्किने गरी प्रतीक चिन्ह लोगो बनाउन पाउने व्यवस्था अनुसार नगरपालिकाले विशिष्टिगत पहिचान समेटिएको आफ्नो लोगो सोमबार छैठौँ नगर स्थापना दिवसको अवसर पारेर सार्वजनिक गरेको हो।

नगरकार्यपालिकाको निर्णय अनुसार लोगो बनाउन प्रस्ताव आह्वान गरिएको थियो। प्रस्ताव आह्वानसँगै लोगो बनाउन छ जनाले प्रस्ताव पेस गरेको सुचना अधिकारी प्रकाश घिमिरेले जानकारी दिनुभयो। छ जनाकै प्रस्तावमा समेटिएका विषयवस्तुहरुलाई मुख्य रुपमा एकीकृत गरी लोगो तथा नगर गान तैयारी समितिले स्केच तैयार पारेको उहाँको भनाई छ। लोगोको स्केच तैयार भएको र त्यसलाई ग्राफिक डिजाईनरहरुको सहयोगमा रंग भर्ने काम गरेपछि लोगो प्रयोगमा ल्याईने उहाँले बताउनुभयो।

नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत विनोद कुँवरले राष्ट्रिय तथा लुम्बिनी प्रदेशको पहिचान समेटिनुका साथै मुसिकोट नगरपालिकाका प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा विशिष्ट भौगोलिक पहिचान झल्किने गरी लोगो तैयार भएको बताउनुभयो।

सिंचाई
Forest
Ad.

नगरपालिकाको लोगो सार्वजनिक गर्दै नगरप्रमुख जीवनल खरेलले अब नगरपालिकाले आफ्नै पहिचान अनुसारको लोगो बनाएको बताउनुभयो । उहाँले लोगोमा मुसिकोट नगरपालिकाका सांस्कृतिक, धार्मिक सम्पदा, यहाँका खोला नाला, कफी खेतीको उद्गम स्थल, राष्ट्रिय पहिचान बोकेको अशोक स्तम्भ, हिमाल, पहाड, तराई, राष्ट्रिय झण्डा तथा मुसिकोटका नक्सा लगायतका विषयहरु समावेश गरिएको जानकारी दिनुभयो।

लोगो निर्माणका लागि प्रस्ताव दिने तथा त्यसलाई स्केचको रुपमा तैयार गर्नेहरुलाई नगद र प्रमाणपत्रले सम्मान गरिएको छ।

लोगोको मुसिकोट-४ का हरि प्रसाद छन्तेल, मुसिकोट-३ का शालिकराम खत्री (सालिक खत्री), रेसुंगा नगरपालिकाका राज कुमार सुनार, मुसिकोट-८ का मधुसुधन लोहनी, रेसुंगा-८ का ईश्वर वि.क. र सत्यवती-३ का हेमन्त रानाले डिजाईन गर्नुभएको हो।

Awareness by SKF

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया