Salime Malika Krishi Farm

Awareness Campaign

जन्मभूमीको शैक्षिक विकासका लागि जुटे अर्लाङ्कोटे परदेशीहरु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ९ साविकको अर्लाङकोट गाउँ विकास समितिका अधिकांश युवा वैदेशिक रोजगारीका लागि परदेशमा छन्। अधिकांश युरोपियन देशहरुमा रोजगारीका लागि पुगेका युवाहरु एनआरएनए देखि विभिन्न सघंसंस्था र आफ्नै व्यवसाय गरी थुप्रैले विदेशमा आफ्नो प्रभुत्व जमाएका छन्।

उनीहरु मेला पर्व या चाडपर्वमा समय मिलाएर आफ्नो जन्मभूमी फर्कन्छन्। दशैं तिहारको समयमा परदेशीहरुको त्यति जमघट हुँदैन होला तर अहिले अधिकांश व्यक्ति मातृभूमी फर्किएका छन् । मानौँ अर्लाङकोटेहरुको ठुलै चाड आएको छ । उनीहरुको यस्तो जमघट ज्ञानज्योति आधारभूत विद्यालयले गराएको छ।

विद्यालयले आयोजना गरेको श्रीमतभागवत धनध्यान्यान्चल सप्ताह ज्ञान महायज्ञमा कर्मथलो र आफ्नो काम थाति राखेर जन्मथलो फर्किएकाहरुलाई देख्दा लाग्छ साँच्चिकै गाउँलाई सहायता चाहिएका बेला सबै परदेशीहरु एकजुट हुँदा रहेछन्।

सिंचाई
Forest
Ad.

विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने र माध्यमिक तहसम्मको अध्यापन शुरु गर्ने प्रमुख उद्देश्य राखेर विद्यालयले सञ्चालन गरेको महायज्ञमा उनीहरु खाली आएका छैनन् । आफूले सक्दो आर्थिक, भौतिक र नैतिक सहयोग समेत लिएर आएका छन् । उनीहरु महोत्सवलाई सफल बनाउन हरतरहबाट लागिरहेका छन्।

‘विद्यालयले राखेको उद्धेश्यसगं गाउँको विकास जोडिएको छ, लक्जम्वर्गबाट महायज्ञका लागि अर्लाङकोट आएका ज्ञानिश्वर सापकोटाले भने–आफू जन्मेको ठाउँका बालबालिकाहरुले गुणस्तरीय शिक्षा पाउन भन्ने अभिप्रायले आफ्ना ३ भाइसहित विद्यालयलाई सहयोग गर्यौँ ।’ सापकोटाले बुबा बलिभद्र सापकोटा र खगीकला सापकोटा मार्फत आफूसहित ४ भाइ मिलेर विद्यालयलाई नगद ३० लाख २६ हजार रुपैयाँ सहयोग गरेका छन्।

महायज्ञमा स्वर्गीय दुल्लप सापकोटाका छोरा र नातिहरूले संयुक्त रूपमा २० लाख २१ हजार एक सय ५१ रुपैयाँ महायज्ञमार्फत विद्यालयलाई प्रदान गरेका छन् । यदुलाल सापकोटाको परिवारबाट सात लाख २६ हजार आर्थिक सहयोग भएको छ।

अष्ट्रेलियाबाट महोत्सवकै लागि आएका एनआरएनए सल्लाहकार प्रेम सापकोटा महोत्सव मूल समारोह समितिको उपसंयोजक भएर शुरुवाती दिनदेखि खटिइरहेका छन् । त्यति मात्रै होइन स्वर्गीय बुबा शेषकान्त सापकोटाको स्मृतिमा झण्डै १४ लाख रुपैयाँ आर्थिक सहयोग समेत गरे।

Awareness by SKF

‘गाउँमा समयानुसारको शिक्षाको खाँचो छ, विस्तारै प्रविधिको प्रयोग बढेको छ, संस्थापक अध्यक्षका छोरा समेत रहेका उनले गाउँमा रहेका न्यून वर्गका बालबालिकाले समेत गुणस्तरीय शिक्षा पाउन भन्ने हेतुले सहयोग गरेको बताए।’

अष्ट्रेलियाबाटै महायज्ञ सफल बनाउन आएका मुसिकोट नगरपालिका ९ लामाखेत जन्मिएर भरतपुर महानगरपालिका ५ चितवन निवासी मणिरत्न सापकोटाको परिवारले पनि महायज्ञमा ७ लाख ५६ हजार एक सय ५६ रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

त्यस्तै एनआरएनए जापानका निवर्तमान सचिव एवं अर्लाङकोट सेवा समिति जापानका संस्थापक टिकाराम खराल पनि महायज्ञ सफल बनाउन जापानबाट आएका छन् । उनले बुबा महेन्द्रमणी खरेलको सम्झनामा ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ सहयोग गरेका छन्।

विद्यालयका प्रधानाध्यापक यज्ञमूर्ति सापकोटाका अनुसार विभिन्न देशबाट झण्डै १५ जना अर्लाङकोटेहरु महायज्ञकै लागि आएका छन्। ‘हाम्रो ठूलो सहयोग प्राय उहाँहरुबाटै आएको छ सापकोटाले भने–उहाँहरुले सहयोग मात्रै गर्नुभएको छैन घरदेशीलाई अफ्ठयारो पर्दा परदेशीहरु ज्यानकै बाजी थापेर हाजिर हुन्छन् भन्ने उदाहरण दिनुभएको छ।’

अर्लाङकोट जन्म भई हाल विदेशमा रहेका झण्डै ५०/६० जना दानवीर व्यक्तिहरुलाई महायज्ञमा आर्थिक सहयोग गरेका छन् । विद्यालयले महोत्सव सफल बनाउन विदेशस्थित समिति समेत गठन गरेर विदेशमा रहेका व्यक्तिहरुलाई समेत विभिन्न जिम्मेवारी प्रदान गरेको छ।

विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने र माध्यमिक तहसम्म पठनपाठन सञ्चालन गर्ने उद्देश्य राखेर सञ्चालित महायज्ञमा अहिलेसम्म झण्डै २ करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग संकलन भएको आर्थिक समिति संयोजक विश्वनाथ सापकोटाले जानकारी दिए । तीन करोड संकलन गर्ने लक्ष्य पूरा हुने आफूहरुको विश्वास रहेको उनको भनाइ छ। महायज्ञ फागुण १६ गतेसम्म चल्नेछ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया