Smoking Causes Cancer

गुल्मीमा यो वर्ष २९ करोड रुपैयाँ बढीको सुन्तला उत्पादन



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

अनिल खत्री, गुल्मी: गुल्मीमा यो वर्ष २९ करोड ३७ लाख रुपैयाँको सुन्तला उत्पादन भएको छ। जिल्लाको ५८८ हेक्टरमा सुन्तला खेती गरिएकामा ६ हजार ८३८ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनु भयो।

उक्त सुन्तला सरदर ४२ रुपैयाँमा बिक्री गर्दा २९ करोड ३७ लाख रुपैयाँ जिल्लामा आम्दानी हुने ज्ञान केन्द्रको भनाइ छ। जिल्लामा गत बर्षभन्दा १६.८९ प्रतिशत उत्पादनमा वृद्धि भएको हो । ५ हजार ९३६ मेट्रिक टन उत्पादन भएको थियो।

जिल्लाबाट उत्पादित सुन्तला बुटवल, पोखरा, काठमाडौं लगायतका ठाउँमा बिक्री हुने गरेको छ । धुर्कोट गाउँपालिकाको नयागाउँ, पिपलधारा, हाडहाडे, रजस्थल, वस्तु, छत्रकोट गाउँपालिकाको लुम्छा, काउले, श्रृङ्गा, रुक्से, हुँगा, पल्लिकोट, रेसुङ्गा नगरपालिकाको भाडगाँउ, बालकाटे, भुवनपानी, गुरुङगाउँ, अर्खले सुन्तला उत्पादनको पकेट क्षेत्र मानिन्छ।

सिंचाई
Forest
Ad.

त्यस्तै रुरु गाउँपालिकाको मुसिडाँडा र चौतारा, मुसिकोट नगरपालिकाको अर्लाङकोट गुल्मी दरवार गापाको गौंडाकोट, भट्टेचौर, जुभुङ, कालीगण्डकी गाउँपालिकाको अर्बेनीको देउराली, छापचौर र जयखानी, चन्द्रकोट गाउँपालिकाको रेमी र हरेवा, मदाने गाउँपालिकाको भनभने पनि पकेट क्षेत्र मानिन्छ। -गुल्मी अपडेट

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया