Clean Water Campaign

Awareness Campaign

जिउँदो सालिक फाउन्डेसनद्वारा मृगौला पिडित हिरा रायमाझीलाई सहयोग हस्तान्तरण



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: जिउँदो सालिक फाउन्डेसनले हिरा बचाउ अभियानमा सकंलित रकम हस्तान्तरण गरेको छ।

मृगौला सम्बन्धी रोगबाट लामो सयदेखि पीडित मुसिकोट नगरपालिका वडा नं ७ टोँड्के माईती गाउँभई मुसिकोट नगरपालिका वडा नं १ पौँदीअमराई बस्दै आउनुभएकी हिरा रायमाझीको उपचारका लागि फाउण्डेसनले विभिन्न दाताहरुसंग सकंलित रकम हस्तान्तरण गरेको हो।

हाल बुटवल स्थित बिरामी हिराको माइतिमा पुगेर वामी विश्व सम्पर्क मञ्च रुपन्देही शाखाका सचिव विष्णु प्रसाद काफ्लेको रोहवरमा सहयोगदाताहरुको प्रतिनिधित्व गर्दै अशोक देव परियारको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको हो।

सिंचाई
Forest
Ad.

वामी विश्व सम्पर्क मञ्च सँगको सहकार्यमा जिउँदो सालिक फाउन्डेसनद्वारा सञ्चालित उक्त रकम हस्तान्तरण गरिएको बताईएको छ। साथै फाउण्डेसनले यो सहयोग अभियानमा जोडिई देश विदेशबाट सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद व्यक्त गर्दै यो पुण्य कर्ममा जोडिन सबै संग अनुरोध समेत गरेको छ।

त्यस्तै वामी विश्व सम्पर्क मञ्चले यस कर्ममा अहोरात्र खटेर कर्म गर्नुहुने अपाङ्ग अ‌धिकारकर्मी सालिक खत्री, यसैगरी चेक रिपब्लिकबाट बैकुन्ठ रायमाझीज्यू, अष्ट्रेलियाबाट जनक गौतम ज्यू र दक्षिण कोरियाबाट हेमनाथ खराललाई समेत धन्यवाद व्यक्त गरेको छ।

हिरा रायमाझी बचाऔँ अभियान अन्तर्गत संकलित सहयोग रकम सहयोग गर्ने महानुभावहरुको विवरण निम्नानुसार रहेको छ:

सहयोगीको नाम (हाल रहनुभएको स्थान) सहयोग रकम (ने.रु.)
सुमन काफ्ले (स्विडेन) रु. १५,०००/-
करुणा रायमाझी (चेक रिपब्लिक) रु. १०,०००/-
शान्ति रायमाझी (चेक रिपब्लिक) रु. १०,०००/-
चित्र रायमाझी ‘खुम’ (चेक रिपब्लिक) रु. १०,०००/-
अशोक देव परियार (चेक रिपब्लिक) रु. ५,०००/-
विद्या कार्की (चेक रिपब्लिक) रु. ३,०००/-
करण बोहोरा (चेक रिपब्लिक) रु. ५,५५५/-
नविन अधिकारी (चेक रिपब्लिक) रु. ५,०००/-
अन्जना रायमाझी (चेक रिपब्लिक) रु. ५,५५५/-
कृष्ण खत्री (चेक रिपब्लिक) रु. ५,५५५/-
चन्द्र अधिकारी (चेक रिपब्लिक) रु. ५,५५५/-
अज्ञात शुन्य (ठूलाखर्क) रु. ५,०००/-
ज्ञानु राना (चेक रिपब्लिक) रु. २,५५५/-
अज्ञात ९९९ (मुसिकोट) रु. १,५००/-
मान बहादुर कुँवर (दुवई) रु. ३,०००/-
ऋषिराम गिरी (चेक रिपब्लिक) रु. १,५००/-
पाण्डव-जमुना अधिकारी (चेक रिपब्लिक) रु. १०,०००/-
पुर्ना-श्याम खत्री (जापान) रु. ५,०००/-
कुल रकम रु. १,०८,७७५/-

यो सँगै थप वामी-विश्व सम्पर्क मञ्च, अस्ट्रेलिया शाखाबाट (अष्ट्रेलियन मुद्रामा)

Awareness by SKF

सहयोगीको नाम सहयोग रकम (अ.ड.)
जनकराज गौतम $ ५१
चुरामणि लामिछाने $ १०१
गोविन्द रायमाझी $ १०१
टंक कंडेल $ १५१
लक्ष्मण सापकोटा $ ५१
दिपक सापकोटा $ ६१
भिष्म सापकोटा $ ५१
ख्याति गौतम $ २१
नर बहादुर खत्री $ २१
पिताम्बर सापकोटा $ २१
लालसिंह खत्री $ ५१
राम प्रसाद सापकोटा $ ५१
कुल रकम $ ७३२

यसरी अस्ट्रेलियाबाट जम्मा कुल प्राप्त रकम रु. ६२,०२१/- भएको फाउण्डेसन ले जानकारी दिएको छ।

भिडियो रिपोर्ट हेर्नुहोस्:


कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया