Salime Malika Krishi Farm

Awareness Campaign

मुसिकोटमा पाँचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न, महेन्द्र आदर्श मावि उत्कृष्ट



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

विष्णुप्रसाद आचार्य ‘चकित’, गुल्मी: मुसिकोट नगरपालिकामा नगरस्तरीय पाचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ। ग्वादिकाचौर खेल मैदानमा फागुन ३ गतेदेखि ५ गतेसम्म संचालन भएको प्रतियोगीतामा महेन्द्र आदर्श नमुना मावि मुसिकोट ७ वामीटक्सारले २२ स्वर्ण,१९ रजत,४ कास्य पदकसहित ४५ अंकका साथ रनिङ्ग शिल्डको उपाधि हात पार्दै उत्कृष्ट भएको छ।

त्यस्तै मुसिकोट ६ कुर्घा भुवाचिदी स्थित त्रिभुवन माविले १९ स्वर्ण,१४ रजत,११ कास्य पदकसहित ४४ अंकका साथ दोश्रो हुन सफल भएको छ। मुसिकोट ५ इन्द्रेगौडास्थित नेपाल राष्ट्रिय माविले ३ स्वर्ण,७ रजत,५ कास्यपदक सहित १५ अंकका साथ तृतीय स्थान हात पार्न सफल भएको छ।

कार्यक्रममा उत्कृष्ट हुने विद्यालयले नगद १६ हजार, द्वितीय हुनेले १२ हजार र तृतीय हुनेले ८ हजार रुपैँया प्राप्त गरेका छन्।

सिंचाई
Forest
Ad.

कार्यक्रमको बुधवार पूर्वमन्त्री एवम् गुल्मी क्षेत्र नम्बर २ का साम्सद गोकर्णराज विष्टले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि विष्टले देशलाई स्वच्छ प्रतिस्पर्धामा अन्तराष्ट्रिय रुपमा चिनाउने माध्यम खेलकुद भएको हुदाँ विद्यालयस्तरको प्रतियोगिताले गाउँगाउँमा लुकेर रहेको प्रतिभालाई सहयोग पुग्ने बताउनुभयो।

उहाँले संघिय संरचना अनुसार स्थानीय तहहरुसंग समन्वय गरेर गरिएको प्रतियोगिताले मुसिकोटको खेल क्षेत्रको थप पहिचान बनाउन सहयोग पुग्ने बताउदै खेलक्षेत्रको पुर्वाधार विकासका लागि संघिय सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो। त्यस्तै उहाँले ग्वादिकाचौर खेल मैदानलाई जिल्ला स्तरीय खेल मैदानको रुपमा विकास गर्ने प्रतिबद्धता समेत जनाउनुभएको थियो।

राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा मुसिकोट नगरपालिका भित्रका सस्थागत र सामुदायिक गरी १९ विद्यालय सहभागी भएका थिए भने १७ विद्यालयले प्रतिष्प्रधामा भाग लिएका थिए।

Awareness by SKF

कार्यक्रममा मुसिकोट नगर प्रमुख जीवन खरेलले खेलकुदले विद्यालय-विद्यालय बीच भातृत्व विस्तार हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले विगतमा पनि मुसिकोट नगरपालिकाले जिल्ला स्तरीय प्रतियोगीता समेत विजयी भएको स्मरण गर्दै उहाँले खेलक्षत्र र खेलाडीहरुको प्रोत्साहन गर्ने गरी मुसिकोट नगरपालिकाले प्रयाप्त बजेट विनियोजन गरेको बताउनुभयो।

विद्यालयमा खेल शिक्षक राखेर खेलाडी उत्पादन गर्नेगरी नगरले तैयारी थालेको उहाँको भनाई थियो। खेलकुद प्रतियोगिताले विद्यार्थीहरुको प्रतिभा मात्रै नभई विद्यालय-विद्यालय बीचको भातृत्व समेत विस्तार हुने भएकाले बालबालिकाहरुको स्वास्थ्यसँग समेत जोडिएको यस्ता प्रतियोगिता महत्वपूर्ण हुने उहाँले बताउनुभयो।

प्रतियोगीतामा जिल्ला समन्वय प्रमुख दोर्ण बहादुर खत्री, जिल्ला खेलकुद विकास समिति अध्यक्ष गिरी प्रसाद महाकिम लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

त्यस्तै कार्यक्रममा मुसिकोट नगर उपप्रमुख गगां श्रेष्ठ, प्रमुख प्रशाशकीय अधिकृत विनोद कुँवर, मुसिकोट नगरपालिकाका पूर्व मेयर सोमनाथ सापकोटा, पूर्व उपमेयर कमला शर्मा, जिल्ला समन्वय समिति गुल्मीकी सदस्य सावित्रा भण्डारी लगायत विभिन्न वडाका वडाध्यक्षहरु, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, विद्यालयका प्रअ तथा शिक्षक, विद्यार्थी लागयतको उपस्थिति रहेको थियो।

मुसिकोट नगर खेलकुद विकास समिति अध्यक्ष सन्दिप खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मुसिकोट नगरपालिकाका शिक्षा अधिकृत प्रकाश नेपालीले गर्नुभएको थियो।

जिल्ला खेलकुद विकास समिति अध्यक्ष गिरी प्रसाद महाकिमले बोल्दै रनिङ्ग शिल्ड निर्देशिकामा भएका सबै खेल संचालन गर्ने यहि नगरपालिका रहेको र इतिहासमा धेरै विद्यालय र धेरै विद्यार्थी सहभागी भएको उहाँले बताउनुभयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया